Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

१३ करोड लागतमा १६ सय रोपनी जग्गामा व्यवस्थित बस्ती विकास, ६ महिनाभित्र पुर्जा वितरण गर्ने लक्ष्य

१३ करोड लागतमा १६ सय रोपनी जग्गामा व्यवस्थित बस्ती विकास, ६ महिनाभित्र पुर्जा वितरण गर्ने लक्ष्य
विज्ञापन
Advertisement

तनहुँ । व्यास नगरपालिकाले वडा नं १० स्थित बैरेनीमा बृहत् ‘बैरेनी जग्गा एकीकरण आयोजना’ सञ्चालनमा आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

दमौली बजार क्षेत्रमा अव्यवस्थित बसोबास बढ्दै गएपछि व्यवस्थित बस्ती विकास गर्ने योजनाअनुरुप आयोजना सञ्चालन गर्न लागिएको हो । नेपाल सरकारबाट अध्ययन अवलोकनका लागि प्रक्रिया अघि बढाइसकेको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले बताए ।
उनले भने, ‘बाटो र पूर्वाधार भएकाहरुको हकमा ६ प्रतिशत र नभएकाहरुको हकमा ३० प्रतिशत कट्टा गरी जग्गाधनीलाई जग्गा फिर्ता गरिने छ, जग्गा घटे पनि जग्गाधनीले तीनगुणा बढी मुनाफा पाउने छन् ।’

नगरपालिकाले सोही वडास्थित बैरेनीमा २६२ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तारका काम भइरहेको जनाएको छ । उक्त आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको अवस्थामा पुनःअर्को ‘बृहत् बैरेनी जग्गा एकीकरण’ आयोजनाको परिकल्पना गरिएको नगरपालिकाले जनाएको छ । अबको ६ महिनाभित्र जग्गाधनीलाई स्थायी जग्गाधनी विकसित घडेरीको पुर्जा वितरण गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको इञ्जिनियर मुलले बताए ।

विसं २०७९ मङ्सिर १४ गते सम्झौता गरी २०८५ सालसम्म ऋण सम्झौता रहेकामा तीन वर्षअगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले भने, ‘जमिनमुनिको कठिनाइ कार्य सकियो, अबको छ महिनाभित्र घडेरी छुट्याउने कार्य सम्पन्न गरिनेछ ।’ उनका अनुसार अब नाला निर्माण, कालोपत्र, विद्युत् खम्बा, खानेपानी जडान, पार्क, खेल मैदान र दुई वटा विद्युत् ट्रान्समिटर जडान गर्नुपर्ने छ, ट्रान्समिटर जडानका लागि विद्युत प्राधिकरणसँग समन्वय गरिएको छ ।

कूल १३ करोडमध्ये कोषले नौ करोड १० लाख ५० हजार ४०० र नगरपालिका तथा गण्डकी प्रदेशको चार करोड रुपैयाँ लगानी रहेको छ । नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहेको छ भने वार्षिक ब्याजदर आठ प्रतिशतमा ऋण लगानी गरेको छ । बस्तीले साँघुरिँदै गएको दमौलीमा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगरपालिका अघि बढेको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

न्यौपानेले भने, ‘दमौली बजार र भादगाउँ क्षेत्र बस्ती विस्तारले साँघुरिएको छ । भावी पुस्ताका लागि बस्ती बसाउन नगरपालिकाले नगर विकास कोषसँग हातेमालो गर्दै अघि बढेका छौँ जसले बस्ती विस्तारमा सहज हुने विश्वास गरिएको छ ।’फाइल फोटो

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit