काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ ।अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा ५० रुपैयाँले बढेको थियो । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र चाँदीको मूल्य चार हजार ८३० रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ र चाँदीका मूल्य चार हजार ८३० रुपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७६ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्