Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जेलेन्स्कीसँगको भेटअघि नै किएभलाई टोमहाक मिसाइल नपठाउने ट्रम्पको सङ्केत

जेलेन्स्कीसँगको भेटअघि नै किएभलाई टोमहाक मिसाइल नपठाउने ट्रम्पको सङ्केत
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फेरी एक पटक स्वागत गर्न लागेका छन् । तर उनले किएभलाई लामो दूरीको टोमहाक क्रूज मिसाइल बिक्री गर्ने सम्भावना न्यून रहेको सङ्केत रेका छन् । युक्रेनी पक्षले ती मिसाइलहरूलाई आफ्नो रक्षा र प्रतिआक्रमणका लागि अत्यावश्यक बताउँदै आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जेलेन्स्की र ट्रम्पबीचको यो भेट ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको लामो टेलिफोन वार्ताको भोलिपल्ट हुँदैछ । सो वार्तामा दुवै नेताले युक्रेन युद्धबारे विस्तृत छलफल गरेका थिए । हालसम्म ट्रम्पले युक्रेनलाई टोमहाक मिसाइल बिक्री गर्ने सम्भावनाप्रति खुलापन देखाउँदै आएका थिए । तर पुटिनले यस्तो कदमले अमेरिका–रूस सम्बन्धमा गम्भीर तनाव ल्याउने चेतावनी दिएका थिए ।

पुटिनसँगको संवादपछि भने ट्रम्पको धारणा बदलिएको देखिएको छ। लगभग एक हजार ६०० किलोमिटर (९९५ माइल) दूरीसम्म मार गर्नसक्ने यी मिसाइलहरू युक्रेनले मागिरहेको भए पनि ट्रम्पले त्यसबारे सङ्केत गर्दै भने, ‘हामीलाई पनि टोमहाक चाहिन्छ। हाम्रो देशलाई कमजोर बनाउने गरी हामी आफ्नै आवश्यक हतियारहरू बाँड्न सक्दैनौँ ।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी भूमिमा गहिरो आक्रमण गर्न र प्रमुख सैन्य स्थल, ऊर्जाकेन्द्र र पूर्वाधारमा प्रहार गर्न यी मिसाइलहरूको आवश्यकता रहेको बताउँदै आएका छन् । यस्तो मिसाइल प्राप्त भएमा पुटिनलाई युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्तातर्फ धकेल्न सकिनेछ भन्ने उनको विश्वास छ— जुन ट्रम्प स्वयंले पनि प्राथमिक कूटनीतिक लक्ष्यको रूपमा अघि सारेका हुन् ।

तर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभका अनुसार पुटिनले ट्रम्पलाई ‘किएभलाई टोमहाक आपूर्ति गर्दा युद्धको गतिमा परिवर्तन त आउने छैन, तर अमेरिका–रूस सम्बन्धमा गहिरो क्षति हुनेछ’ भनी चेतावनी दिएका हुन् ।

ट्रम्प र जेलेन्स्कीबीच जनवरीमा ट्रम्प पुनः राष्ट्रपतिमा फर्केपछि यो चौथो भेट हो र एक महिनाभित्र दोस्रो प्रत्यक्ष भेटसमेत हो । बिहीबार पुटिनसँग दुई घण्टा लामो टेलिफोन वार्तापछि ट्रम्पले छिट्टै हङ्गेरीको बुडापेस्टमा रूसी नेतासँग प्रत्यक्ष भेट गरी ‘युद्ध अन्त्यका सम्भावित उपायहरू’ बारे छलफल गर्ने घोषणा गरे। साथै, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पुटिनका वरिष्ठ सल्लाहकारहरू पनि अर्को हप्ता अनिर्दिष्ट स्थानमा भेट्ने सहमति भएको छ ।

इजरायल र हमासबीचको युद्धविराम र बन्धक सम्झौताको मध्यस्थता गर्दै आएका ट्रम्प अहिले युक्रेन युद्ध अन्त्यलाई आफ्नो प्रमुख विदेश नीति प्राथमिकता बनाउँदै आएका छन् । उनले यस उद्देश्यमा ‘नयाँ विश्वास र अवसर’ देखिएको बताएका छन् । तर पछिल्ला केही हप्तादेखि ट्रम्पको पुटिनप्रतिको धैर्य कम हुँदै गएको देखिन्छ। गत महिना उनले युक्रेनले रूसले कब्जा गरेका क्षेत्रहरू फिर्ता जित्न सक्छ भनी घोषणा गरेका थिए । यो अघिल्लो नीतिबाट ठुलो परिवर्तन थियो ।

सन् २०२४ को चुनावी अभियानताका ट्रम्पले आफूले सत्ता सम्हालेपछि ‘छिट्टै युद्ध अन्त्य गर्ने’ वाचा गरेका थिए । तर यस वर्ष अगस्टमा अलास्कामा पुटिनसँगको शिखर सम्मेलन र त्यसपछि ह्वाइट हाउसमा जेलेन्स्की तथा युरोपेली सहयोगीहरूसँगको बैठकपछि उनको शान्ति प्रयास अस्थायी रूपमा अवरुद्ध भएको देखिएको छ ।

तथापि, ट्रम्प अझै पनि जेलेन्स्की र पुटिनबीच प्रत्यक्ष वार्ताको सम्भावना जीवित रहेको दाबी गर्दै आएका छन् । उनले भने ‘पुटिन र जेलेन्स्कीबीच राम्रो सम्बन्ध छैन, त्यसैले हामीले सम्भवतः उहाँहरूलाई अप्रत्यक्ष वार्ताका माध्यमबाट नजिक ल्याउन सक्नेछौँ । जहाँ उहाँहरू अलग हुनुहुन्छ, हामी त्यहीँ केही गर्न सक्छौँ – अलग तर समान प्रयास ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit