Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

काग तिहार विशेष : तस्बिरमा हेर्नुहोस् कागेश्वरी महादेव मन्दिर

काग तिहार विशेष : तस्बिरमा हेर्नुहोस् कागेश्वरी महादेव मन्दिर
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–१,जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा रहेको धाममा शिवलिंग मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छन् । यस धाममा शिवलिंगसँगै काग पूजाको दिन कागको प्रतिमामा पूजा गर्ने गरिन्छ ।

विज्ञापन
Advertisement
Advertisement

कागेश्वरी महादेव कागले पत्ता लगाएको जनविश्वास छ।किंवदन्तीअनुसार गागल गाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे। त्यहाँ गोठालाहरू गाइको दूध उमालेर राख्थे। तर, सधैं दूधको तर हराउँथ्यो। एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले सोरेर लाँदै गरेको देखेछन्। त्यो कागलाई गोठालाले पच्छाएछन्।

पच्छ्याउँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको जनविश्वास छ । त्यही बेलादेखि यस स्थानलाई कागेश्वरी महादेव भन्न थालिएको विश्वास छ ।

तस्बिर : नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit