Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

म देश छोड्न तयार छु, भुंग्रोमा गएको नेपाललाई उठाएर न्यानो ठाउँमा लैजाऔँ : दुर्गा प्रसाईँ

म देश छोड्न तयार छु, भुंग्रोमा गएको नेपाललाई उठाएर न्यानो ठाउँमा लैजाऔँ : दुर्गा प्रसाईँ
विज्ञापन
Advertisement

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनर्स्थापनाको पक्षमा ओकालत गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको उल्लेख गर्द देश छोडेर जान समेत तयार भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले देश संकटमा रहेकोले आफू देश बचाउन आएको चर्चा गरे । उनले देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफू देश छोड्न तयार रहेको धारणा राखे ।

‘म कसैबाट चलेको मान्छे होइन । म नेपालबाट नेपाली जोगाउन मैले आफ्नो क्षमताले भ्याए सम्म मैले पहिले पनि गरिरहेको थिए । मैले आज नेपाल संकटमा छ मैले जोगाउनु पर्छ भनेर म लागेको छु,’ उनले भने, ‘तपाईहरुले यो देश छोडेर जा भन्नु हुन्छ भने पनि म जान्छु । यो देश कसैले बनाउँछ भने म जान तयार छु । तर नेपाल बचाइदियोस्, विदेशबाट नेपालीलाई र्फकाईदियोस् । र्फकिने वातावरण बनोस् ।’

२०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर वा नजानेर जेजे गरे पनि अब सुध्रिने धारणा राखे । ‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं । सबैले भुल्यौं । अब त कमसेकम भुंग्रोमा गएको नेपाललाई उठाएर न्यानो ठाउँमा लैजाऔँ,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit