काठमाडौं । नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन् ।
मंगलबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउँदै मतदान आजलाई सारिएको थियो । जारी मतदानमा विद्युतीय भोटिङ मेसिनबाट प्रतिनिधिहरुले मतदान गरिरहेका छन् । एकजनालाई मतदानका लागि ३० देखि ४० मिनेट लाग्ने बताइएको छ।
एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन्। मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन् । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

















प्रतिक्रिया दिनुहोस्