Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाउली खोलामा निर्माणाधीन पक्की पुल कछुवा तालमा, पाँच वर्षमा पाँच प्रतिशत पनि पूरा भएन काम

बाउली खोलामा निर्माणाधीन पक्की पुल कछुवा तालमा, पाँच वर्षमा पाँच प्रतिशत पनि पूरा भएन काम
विज्ञापन
Advertisement

बाजुरा । बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच बर्षदेखि अलपत्र अवस्थामा छ । मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा निमार्णाधिन उक्त पुल करिब पाँच बर्षदेखि अलपत्र पारिरएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सुदूरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी कोल्टी सडकखण्डको बाउलीमा पर्ने उक्त पुल अहिले छेदविच्छेद अवस्थामा छ । मार्तडी–कोल्टी सडक खण्ड अन्तरर्गत सदरमुकाम मार्तडी जोड्ने आरसिसि ब्रिज निर्माण सम्झौता भएको पाँच बर्षमा पाँच प्रतिशत पनि काम भएको छैन् ।

ठेकेदारको चरम लापरवाहीका कारण निमार्णधिन पुल अलपत्र अवस्थामा परेको हो । निमार्ण कार्यको म्याद पटकपटक थप्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । लामो समयसम्म पनि पुल निमार्ण नहुँदा यहाँका स्थानियहरुले सास्ती खेप्दै आईरहेका छन् भने यातायातका साधनहरुलाई पनि बर्षातको समयमा आवतजावत गर्न निकै समस्या हुँदै आएको छ ।

२०७९ फागुन १५ भित्र (१६ महिना) मोटरेबल पुल निर्माण सक्ने गरी २०७८ कार्तिक १५ गते टिडिआर जुगल कौशिक जेभीले ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा सम्झौता गरेको थियो । तर, निमार्णको जिम्मा लिएको करिब पाँच बर्ष बितिसक्दा पनि निमार्ण कार्य सम्पन्न हुन नसक्दा उक्त निमार्णधिन पुल अलपत्र अवस्थामा छ । नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit