Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा, सबैभन्दा बढी नाफा डेनमार्कसँग

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा, सबैभन्दा बढी नाफा डेनमार्कसँग
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा देशले करिब चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको वस्तु आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख बराबरको निर्यात भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यसरी असोज मसान्तसम्ममा कूल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड घाटा बेहोरेको छ । पछिल्लो तीन महिनामा छिमेकी देश भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात हुँदा एक खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँ बराबरको घाटा बेहोरेको छ ।

त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा एक खर्ब चार अर्ब ७० करोड रुपैयाँ छ । चीनबाट एक खर्ब चार अर्ब ८९ करोडको आयात हुँदा १८ करोड ६४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ। यो अवधिमा डेनमार्कबाट चार करोड एक लाखको आयात हुँदा २८ करोड ९९ लाखको निर्यात भएको हो । यसरी डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको व्यापार नाफा भएको छ। जर्मनी, रोमानिया, स्वीडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ ।

पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ। यो अवधिमा १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ । यो अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit