Advertisement
Advertisement
Corporate Samachar
२७ असार २०८३, शनिबार
Advertisement

आम्दानीको भरपर्दो स्रोत च्याउखेतीबाटै वार्षिक दश लाखसम्म आम्दानी गर्दै चौधरी

आम्दानीको भरपर्दो स्रोत च्याउखेतीबाटै वार्षिक दश लाखसम्म आम्दानी गर्दै चौधरी
विज्ञापन
Advertisement

अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आएका छन् । उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

पाँच वर्षअघि ६० हजार रुपैयाँ लगानीमा एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सातवटा टनेल बनाएर च्याउखेती गरिरहेका छन् । बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका उनले त्यसबाट मनग्य आम्दानी गरिरहेको बताए । चौधरीले भने, ‘पहिले ज्ञान, सीप कम थियो । छ महिनामात्रै च्याउ उत्पादन गर्थे, बिस्तारै अनुभव पनि बढ्यो । हाल बाह्रै महिना उत्पादन गर्न थालेको छु । आम्दानी पनि राम्रै छ ।’

सातवटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ । हाल बजारमा च्याउ प्रतिकिलो १८० रुपैयाँका दरले बिक्री भइरहेको छ । चौधरीले बजारको मागअनुसार च्याउ आपूर्ति गर्न सकिए अझै आम्दानी बढ्ने बताए । उनले भने, ‘बजारमा माग बढी छ । मैले मागअनुसार च्याउ पूर्ति गर्न सकिरहेको छैन । हाद प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।’

चौधरी च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने गरेको बताउँछन् । यसै व्यवसायबाट चार जनाको परिवारको लालनपालन, छोराछोरीको पढाइलेखाइ खर्च राम्रै चलिरहेको र बचत पनि हुने गरेको उनले जानकारी दिए । यसबाटै भएको कमाईबाट च्याउ ढुवानीका लागि एउटा विद्युतीय अटोरिक्सा पनि किनेको चौधरीको भनाइ छ । ‘आफ्नो परिवारको खर्च धान्ने मात्रै होइन, आठ जनालाई रोजगारीसमेत दिएको छु । हाल ज्यालादारीमा दैनिक आठ जनालाई रोजगारी दिएको छु । दैनिक प्रतिव्यक्ति छ सयदेखि ७०० रुपैयाँ सम्म ज्याला दिने गरेको छु ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit