Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश वितरण

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश वितरण
विज्ञापन
Advertisement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा आज राजधानीको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा भव्यरूपमा सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका सञ्चालक समिति अध्यक्ष बाल गोपाल बैद्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ का लागि ६ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ। साथै, बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि सभाले स्वीकृत गरेको छ।

सभामा बोल्ने अधिकांश सेयरधनीहरूले आगामी वर्षमा लाभांश दर बढाउन बैंकको सञ्चालक समितिलाई सुझाव दिएका थिए। उनीहरूले बोनस र नगद लाभांशको अनुपात ५०–५० बनाउने माग पनि गरेका छन्।

एभरेष्ट बैंक देशभर १२५ शाखा, ७ एक्सटेन्सन काउन्टर र १६० भन्दा बढी एटीएममार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit