Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

काठमाडौंमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन एक साताको अल्टिमेटम

काठमाडौंमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन एक साताको अल्टिमेटम
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंमा अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन प्रशासनले एक ताताको अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले ७ दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेसँगै यस्तो निर्देशन दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित क्षेत्र खाली गराउने निर्णय गरेको थियो ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए/गरेका कार्यहरू ७ (सात) दिनभित्र हटाइ सहयोग गरिदिनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

यस्तै प्रशासनले काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit