Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नौ अर्ब लगानी गरेको महाकाली सिँचाइ आयोजनाको काम कछुवा गतिमा, १८ वर्षमा २७ प्रतिशत प्रगति

नौ अर्ब लगानी गरेको महाकाली सिँचाइ आयोजनाको काम कछुवा गतिमा, १८ वर्षमा २७ प्रतिशत प्रगति
विज्ञापन
Advertisement

महेन्द्रनगर । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको काम निकै सुस्त छ । निर्माण सुरु भएको १८ वर्षमा भौतिक प्रगति जम्मा २७ प्रतिशतमा सीमित छ । साथै आयोजनामा नौ अर्ब लगानी भइसकेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आयोजनाका सिनियर डिभिजिन इन्जिनियर भने बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन क्षेत्र व्यवस्थापनलगायत कारणले आयोजनाको प्रगति कछुवा गतिमा भएको बताउँछन् । ‘मुआब्जामा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र समयमा वन क्षेत्रको व्यवस्थापन नहुँदा आयोजनाको प्रगति सुस्त भएको हो’, आयोजनाका सिनियर डिभिजिन इन्जिनियर राजेशभक्त पोखरेलले भने।

इन्जिनियर पोखरेलका अनुसार निर्माण कम्पनीसँग एक अर्ब ९७ करोड रुपैयाँमा सम्झौता गरेर कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चार चरणमा जारी छ। हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर निर्माण भइसकेको छ ।

महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरदेखि नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । तर, नेपालतर्फ भने निर्माण कार्य अत्यन्तै सुस्त छ । उक्त आयोजना अन्तर्गत आगामी २०८७ सम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit