Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

भोजपुरको थुम्लुङ खोलामा पक्की पुल निर्माण, ५५ प्रतिशत काम सम्पन्न

भोजपुरको थुम्लुङ खोलामा पक्की पुल निर्माण, ५५ प्रतिशत काम सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माणको ५५ प्रतिशत काम सम्पन्न भएको छ। पुल निर्माणसँगै वर्षौँदेखि जोखिमपूर्ण रूपमा खोला तर्दै आएका स्थानीयवासीमा सुरक्षित आवागमन हुने अपेक्षा बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

साल्पासिलिछो गाउँपालिका–६ स्थित खोलामा निर्माण भइरहेको पुल कोशी प्रदेश सरकारको करिब चार करोड ९४ लाख ४५ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख राजनराज रेड्डीका अनुसार पुलका पिलरसहितका मुख्य संरचनात्मक काम सम्पन्न भइसकेका छन्। एक स्पानमा निर्माण भइरहेको पुल ३५ मिटर लामो र फुटपाथसहित ८.४ मिटर चौडा हुनेछ। पुल ‘ओपन फाउन्डेसन’ प्रविधिबाट निर्माण भइरहेको छ।

पुल निर्माण सम्पन्न भएपछि साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका बासिन्दाले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ। विशेषगरी वर्षायाममा खोलाको बहाव बढ्दा हुने आवागमनको जोखिम हट्नुका साथै कृषि उपज ढुवानी, व्यापार व्यवसाय र दैनिक यात्रा सहज हुने विश्वास स्थानीयको छ।

स्थानीय खगेन्द्र राईका अनुसार पुल अभावमा वर्षायाममा खाद्यान्न ढुवानीदेखि दैनिक आवतजावतसम्म समस्या हुने गरेको थियो। त्यस्तै स्थानीय डिल्लीराम बस्नेतले पुल बनेपछि कृषि उत्पादनको बजारीकरण र स्थानीय व्यापारमा सहजता आउने बताए। यसअघि पुल नहुँदा विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा गर्भवती महिलाले आवागमनमा ठूलो सास्ती व्यहोर्दै आएका थिए।

पुल निर्माणको सम्झौता विसं २०८२ असोजमा भएको हो। निर्माणको जिम्मा कोसेली–नौलाखा–जय गोविन्द जेभीले लिएको छ भने २०८४ असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit