images images images
images images images
images
images
images

भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी, अबदेखि यात्राको प्रयोजन खुलाइनुपर्ने

images

काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ। शुक्रबार अध्यागमन विभागले यसअघिको ६ बुँदे मापदण्ड खारेज गर्दै भिजिट भिसामा विदेश जानेहरूका लागि नयाँ मापदण्डद्वारा सहज बनाएको हो ।

नयाँ मापदण्ड जारी भएसँगै यसअघिको ६ बुँदे मापदण्ड लगायत विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू समेत खारेज गरेको विभागले जनाएको छ । यो व्यवस्था आजैदेखि कार्यान्वयन हुने विभागको भनाइ छ ।

images
images

नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश  जानेहरूले अध्यागमनमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी र सम्बन्धित देशको भिसा देखाउनुपर्नेछ। यस्तै, अन अराइभल भिसा प्राप्त हुने देश भए भिसा देखाउन नपर्ने विभागले जनाएको छ । साथै, भिजिट भिसामा विदेश जानेले अध्यागमनमा प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट देखाउनुपर्ने, आफू कुन प्रयोजनको लागि भ्रमणमा जान लागेको सोको विवरण खुलाई आवश्यक कागजात साथमा लैजानुपर्ने छ । र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहनेसमेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा अध्यागमनमा देखाउनुपर्ने विभागले जनाएको छ ।

विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई नयाँ मापदण्डबारे सबैलाई सूचित गर्न अनुरोध गर्दै कागजपत्र निर्माणको प्रक्रिया झन्झटिलो भएको गुनासाहरू आएपछि मापदण्ड परिमार्जन गरिएको जनाएको छ।

यस्तै, विभागले बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण रूपमा जानकारी हासिल गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्