Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

सुनको मूल्य दुई लाख ५४ हजार नाघ्यो, चाँदीको मोल पनि आकासिँदै

सुनको मूल्य दुई लाख ५४ हजार नाघ्यो, चाँदीको मोल पनि आकासिँदै
विज्ञापन
Advertisement

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार स्थानीय बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका निरन्तर जसो सुनचाँदीको मूल्य उकालो लाग्न थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुन दुई लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ। त्यति नै परिमाणको चाँदीको ११० रुपैयाँले बढेर तीन हजार ६५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो कारोबार दिन (मंगलबार) सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो भने चाँदी तीन हजार ५४५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलर मूल्य तोकिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit