Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

महालेखा नियन्त्रकद्वारा एकीकृत वित्तीय विवरण पेश,सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ऋणात्मक

महालेखा नियन्त्रकद्वारा एकीकृत वित्तीय विवरण पेश,सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ऋणात्मक
विज्ञापन
Advertisement

काठमाडौं ।महालेखा नियन्त्रक  शोभाकान्त पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम आर्थिक वर्ष २०८१-८२ को नेपाल सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन, र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेश गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

त्यससँगै, केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चल–अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण मिति २०८२ कार्तिक १४ गते महालेखापरीक्षकको कार्यालयमा समेत पेश गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

नेपालको संविधान, प्रचलित ऐन तथा अन्य कानूनअनुसार संघीय सञ्चित कोषको सञ्चालन गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयको रहेको छ। सोहीअनुसार, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानूनी प्रावधानअनुसार प्रतिवेदन र विवरण कानूनले तोकेको समयसीमाभित्रै पेश गरिएको हो।

प्रस्तुत विवरण र प्रतिवेदन नेपाल सरकारबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचा अनुरूप तयार पारिएको छ। यसमा नेपाल सरकारको बजेट अन्तर्गतका र एक्स्ट्रा बजेटरी निकायका विवरणहरू समेत समावेश गरिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१-८२ मा नेपाल सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक तथा नगद स्थिति ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेको छ।

तथापि, विभिन्न कोषहरूको मौज्दात र एक्स्ट्रा बजेटरी निकायहरूको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारको वित्तीय पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न आर्थिक विवरणको नियमित प्रकाशन र विश्लेषणलाई निरन्तरता दिने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit