वाणिज्य र्बैंक र विकास र्बैक बढ्दा शेयर बजार उच्च अंकले बढेको छ । बुधार नेप्से सूचक ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा आइपुगेर बन्द भयो । वाणिज्य बैंक समूह १.३२ प्रतिशत र विकास बैंक समूह २.७४ अंकले बढ्दा उचालिएको शेयर बजारले कारोबार रकम समेत उच्च हुन पुग्यो । औसत ४अर्ब माथिको कारोबार हुँदै आएकोमा यो दिन ९ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ सेक्टरसहित१३ वटै समूहको सूचक हरियाली बन्यो । पछिल्लो समयले मन्दीमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले अध्यादेशबाट कानुन परिमार्जन गरेपछि निजी क्षेत्र लगानी बढाउन उत्साहित भएको छ । यसले अब विस्तारै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी बढ्ने अनुमान रहेको हुँदा वाणिज्य बैंक र विकास बैंकमा लगानीकर्ता आशावादी बन्न पुगेको छन् ।
कारोबारमा आएका ३२२ कम्पनीको १७ करोड ६९ लाख कित्ता शेयर किनबेचहुँदा ९ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सिइडीबी होल्डडिङ, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड रुपैयाँदेखि ६१ करोड ३६ लाख रुपैयाँसम्मको कारोबार भएको छ । उच्च अंकले घटेको बजारमा बराही हाइड्रो पावर, रिभरफल्स पावर, हिमालयन बैंक, वेन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २.८१ प्रतिशतदेखि ८.२१ प्रतिशतसम्मले घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक,डोल्टी पावर कम्पनी,ग्रिन डेभलपमेन्ट बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र सुपरमादी हाइड्रो पावर कम्पनीको ८. १० प्रतिशत मूल्यसम्मको सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्