Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

एनपीएलको दोस्रो संकरण : दक्षिणी अफ्रिकी क्रिकेटर डुप्लेसिसले विराटनगर किंग्सबाट खेल्ने

एनपीएलको दोस्रो संकरण : दक्षिणी अफ्रिकी क्रिकेटर डुप्लेसिसले विराटनगर किंग्सबाट खेल्ने
विज्ञापन
Advertisement

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमिय लिग (एनपीएल) को दोस्रो सिजनका लागि विश्व प्रसिद्ध दक्षिणी अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको शुक्रबार घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

फाफ डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका सर्वाधिक सम्मानित खेलाडीमध्ये एक हुन्। कप्तानको रूपमा आफ्नो देश दक्षिण अफ्रीका र विश्व प्रसिद्ध लिग आइपिएल को फ़्रेन्चाइज (आरसिबी) लाई नेतृत्व गरेको अनुभव छ।

उनले विश्व क्रिकेटमा उत्कृष्ट रणनीतिक सोच, स्थायित्व र आक्रामक ब्याटिंगका लागि उच्च सम्मान प्राप्त गरेका छन्। उनको अनुभव र नेतृत्वले विराटनगर किंग्सको टिमलाई अझ बलियो बनाउने विश्वास टिम डाइरेक्टरको छ ।

“फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु बिराटनगर किंग्स र ल्एी को लागि गर्वको कुरा हो। उनको आगमनले बिराटनगर किंग्स र एनपीएलको लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन्”, किंग्सका टिम डाइरेक्टर दिपेन्द्र चौधरीले भनेका छन् ।

डु प्लेसिसको आगमनले विराटनगर किंग्सका खेलाडीहरूलाई उनीसँग ड्रेसिंग रूम, उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसरका साथै एनपीएललाई विश्वस्तरमा पुर्याउने विश्वास विराटनगर किंग्सले लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit