images images images
images images images
images
images
images

टेलिकमको बिलिङ ठेक्का विवाद : पूर्वसचिव गेलालको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन

images

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रक्रियामा उत्पन्न विवादलाई अन्य गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ ।

टेलिकमको बिलिङ प्रणालीसम्बन्धी विवाद चुलिदै गएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार ७ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका हुन्।

images
images

पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिका सदस्यहरूमा सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरी सहित सहसचिवहरू कृष्ण पन्त, आदेश खड्का, राजेश थापा रहेका छन् । साथै, नेपाल टेलिकमबाट कमल लामिछाने र दूर सन्चार प्राधिकरणबाट प्रदीप पौडेल सदस्य छन् ।

गठित समितिले नेपाल टेलिकमको बिलिङ ठेक्कासँग सम्बन्धित सम्पूर्ण प्रक्रिया प्रस्ताव मूल्याङ्कनदेखि ठेक्का वितरणसम्मका सबै पक्षमा गहिरो अध्ययन गरी प्रतिवेदन बनाउने बताइएको छ ।

नेपाल टेलिकमप्रति पछिल्लो समय नयाँ बिलिङ प्रणालीको ठेक्का आह्वान प्रक्रियामा पारदर्शि ढंगबाट नगरेको आरोप छ । टेलिकम भित्रका केही उच्च अधिकारीहरू र कर्मचारी संघहरूले समेत ठेक्का प्रक्रिया एकपक्षीय भएको आरोप लगाएका थिए । टेलिकम जस्तो संस्थाभित्र नयाँ बिलिङ प्रणालीको ठेक्का लगाउने सन्दर्भमा एकपक्षीय र अपारदर्शि ढंगबाट भएको आवाज उठेसँगै सञ्चारमन्त्री खरेलले उच्चस्तरीय छानबिन समिति बनाएका हुन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्