Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

सीजीद्वारा फोटो कन्टेस्टकी विजेता सीता खनाललाई ४३ इन्चको टेलिभिजन प्रदान

सीजीद्वारा फोटो कन्टेस्टकी विजेता सीता खनाललाई ४३ इन्चको टेलिभिजन प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । सीजी ब्रान्डले दसैँ टीका फोटो शेयर एण्ड विन कन्टेस्टकी विजेता सीता खनाल सापकोटालाई ४३ इन्चको सीजी मेरिडिया ४३ अल्ट्रा एचडी टेलिभिजन प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुढानिलकण्ठ निवासी खनालले दसैँको टीकाको तस्बिर डिजिटल रूपमा शेयर गरेर प्रतियोगितामा सहभागिता जनाएकी थिएन् । विजेता बनेकी उनले पुरस्कार ग्रहणपछि खुसी व्यक्त गर्दै भनिन,‘यस्तो सुन्दर अवसरका लागि म सीजीलाई धन्यवाद दिन चाहन्छु ।’

दसैँको पारिवारिक खुसी, संस्कृति र भावनात्मक सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा देशभरबाट सयौँले फोटो पठाएर सहभागिता जनाएको कम्पनीले जनाएको छ । टीका लगाएको तस्बिरहरू शेयर गर्दा नेपाली सांस्कृतिक र सामुदायिक भावना झल्किएको सीजी ब्रान्डको भनाइ छ ।
विजेतालाई टेलिभिजन सीजी होम एप्लायन्सेजका प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकालले हस्तान्तरण गरेका थिए ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी स्थानमा रहेको सीजी इलेक्ट्रोनिक्सले नवप्रवर्तन, गुणस्तरीय उत्पादन तथा उत्कृष्ट ग्राहक सेवामार्फत विश्वास कायम राख्दै आएको छ । कम्पनीले देशभर २० वटा शोरुम र ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit