Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

अदुवाको मूल्य खस्किएपछि किसान मारमा

अदुवाको मूल्य खस्किएपछि किसान मारमा
विज्ञापन
Advertisement

घोराही (दाङ) । यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा फलाइएको छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन् ।

विज्ञापन
Advertisement
Advertisement

गत वर्ष यही याममा ५५ देखि ६० प्रतिकिलो अदुवा बेचेका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ। बजार भाउ ३० देखि ३५ रुपैयाँ रहेका कारण अदुवा खन्ने जाँगर नलागेको उनले बताए । अन्य कृषि बाली छोडेर अदुवा खेतीमा लागेका उनले यो वर्ष भाउ नपाउँदा निराश भएको बताए। खड्काले भने, ‘यो वर्ष अदुवा बिक्रीबाट लगानी पनि नउठ्ने अवस्था छ, बजार भाउ नपाउँदा यो वर्ष अझै खनेको छैन ।’ बेमौसमी वर्षाले पनि अदुवामा केही क्षति गरेको उनको भनाइ छ । उनले गत वर्ष दुई लाख रुपैयाँको अदुवा बिक्री गरेका थिए ।

छिल्लीकोटकै पलबहादुर खड्काले पनि गत वर्ष अदुवाले भाउ पाएको देखेर ५० हजारको बीउ किनेर अदुवा लगाए । तर अहिले अदुवा बजार भाउ सुनेर उनी पनि निराश छन् । बीउ किन्दाखेरिकै ५० हजारको सावाँब्याज अहिले ६५ हजार पुगेको छ । यो वर्ष अदुवाको भाउ राम्रो नपाउँदा अदुवाको बीउ किन्दा लिएको ऋणको साँवाब्याज कसरी तिर्ने भन्ने पिरलो बनेको उनले बताए ।

बजारमा व्यापारीले सस्तोमा भारतबाट अदुवा भित्र्याउँदा स्थानीयले उत्पादन गरेको अदुवा बिक्री नहुने अवस्था भएको छ । उनले भने, ‘बीउको ऋण तिर्न समस्या छ । अहिलेको अवस्थामा रहेको मूल्यमा अदुवा बिक्री गर्दा ऋण तिर्न पनि पुग्दैन ।’ पहाडी क्षेत्रमा जङ्गली जनावरले क्षति नगर्ने र राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानले अदुवा रोप्ने गरेका छन्। तर मूल्य नपाउँदा किसान मर्कामा परेको स्थानीय पूर्णबहादुर पुन बताउँछन् ।

उनका अनुसार यहाँका स्थानीय ३०र३५ घरले अदुवाखेती गर्ने गरेका छन् । छिल्लीकोट क्षेत्रबाट मात्रै वार्षिक ६०० क्विन्टल बढी अदुवा बिक्री हुने गरेको छ । अदुवाको बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेमा सहज हुने उनीहरुको आशा छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit