Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

केराखेतीमा समस्या देखिएपछि प्राविधिक टोली परिचालन

केराखेतीमा समस्या देखिएपछि प्राविधिक टोली परिचालन
विज्ञापन
Advertisement

म्याग्दी ।   म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक केराखेतीमा देखिएको समस्या पहिचान गर्न गण्डकी प्रदेश कृषि प्रयोगशाला, कृषि अनुसन्धान परिषद् (नार्क), जिल्ला कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक टोलीले नमुना सङ्कलन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

केराले पसाउन थालेपछि टुप्पाको पात पहेँलो हुने, गुभो कुहिने, जरा कालो हुने र बोट सुक्ने समस्या देखिएपछि टोलीले प्रभावित बगैँचाको निरीक्षण गरी गुभो, थाम, पात र जराको नमुना सङ्कलन गरेर प्रयोगशालामा पठाएको हो।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बास्तोलाका अनुसार प्रयोगशालाको प्रतिवेदनका आधारमा रोग पहिचान गरी नियन्त्रणका उपाय अवलम्बन गरिनेछ। प्रदेश कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी र कृषि अनुसन्धान परिषद्का प्राविधिक अधिकृत सुजाता केसीले समस्या देखिएका बगैँचाबाट बिरुवा अन्यत्र नलैजान र कृषि औजार प्रयोग गर्दा सरसफाइमा विशेष ध्यान दिन किसानलाई आग्रह गरेका छन्।

खबरामा एक सय २० परिवारमध्ये एक सयभन्दा बढी कृषक व्यावसायिक केराखेतीमा आबद्ध छन्। स्थानीय किसानका अनुसार सबैजसो बगैँचामा केराको गुभो कुहिने र बोट सुक्ने समस्या देखिएको छ। करिब ७०० रोपनी क्षेत्रफलमा फैलिएको केराखेतीमध्ये १५ प्रतिशत क्षेत्रमा समस्या देखिएको र उत्पादन करिब ३० प्रतिशतले घटेको किसानले बताएका छन्।

केराखेतीबाट किसानले मासिक न्यूनतम १२ हजारदेखि ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। यही आम्दानीले घरखर्च र बालबालिकाको शिक्षामा सहयोग पुग्दै आएको किसानको भनाइ छ।

खबरामा २०५८ सालदेखि व्यावसायिक केराखेती सुरु भएको थियो। पछिल्ला वर्षमा यो खेती म्याग्दीसँगै पर्वत र बागलुङसम्म विस्तार भएको छ। बेनी नगरपालिकाले तीन वर्षअघि खबरालाई केराको पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले किसानलाई बिरुवा वितरण गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit