Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

एनपीएलको खेल तालिका सार्वजनिक, राति पनि खेलाइने

एनपीएलको खेल तालिका सार्वजनिक, राति पनि खेलाइने
विज्ञापन
Advertisement

 काठमाडाैं । मंसिर १ गतेदेखि हुने दोस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सार्वजनिक तालिकाअनुसार पहिलो खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच हुनेछ । उक्त खेल मंसिर १ गते दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

लिग चरणमा सबै टोलीले एकअर्कासँग खेल्नेछन् । मंसिर २१ गतेसम्म लिग चरणका खेल हुनेछन् । मंसिर २३ गतेबाट प्लेअफका खेल सुरु हुनेछ ।

लिग चरणमा र्शी दुईमा रहने टोलीले २३ गते पहिलो क्वालिफायर खेल्नेछन् । लिग चरणमा तेस्रो र चौथो भएका टोलीबिच २४ गते एलिमिनेटर हुनेछ । मंसिर २५ गते दोस्रो क्वालिफायर र मंसिर २७ गते फाइनल हुनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit