Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कजारिया टायल्सले ‘गृह प्रवेश, घुमौं देश विदेश’ अभियान सफलतापूर्वक समापन, बम्पर विजेता घोषणा

कजारिया टायल्सले ‘गृह प्रवेश, घुमौं देश विदेश’ अभियान सफलतापूर्वक समापन, बम्पर विजेता घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको अग्रणी र प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्ना उपभोक्तामध्येबाट बम्पर विजेता चयन गरी एक फेसबुक लाइभमार्फत घोषणा गरेको छ। ‘कजारिया संगै गृह प्रवेश, घुमौं देश विदेश’ उपभोक्ता योजना दुई महिनासम्म सञ्चालनमा रहेपछि यसको भव्य समापनसहित बम्पर पुरस्कार सार्वजनिक गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रव्यापी रूपमा सञ्चालन गरिएको योजनाअन्तर्गत १००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रमा सहभागी हुने योग्य थिए। यस योजनामा कुल ४८ जना भाग्यशाली विजेताले दयब्तको स्मार्टवाच प्राप्त गरे। तर योजनाको सबैभन्दा आकर्षक उपहार बम्पर पुरस्कार -एक जोडीका लागि पूर्ण रूपमा स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा रहेको थियो।

फेसबुक लाइभमार्फत गरिएको विजेता घोषणाले सयौँ दर्शकलाई जोड्यो। कार्यक्रममा एक ऊर्जावान होस्टसँगै कजारिया रमेश टायल्स लि।का निर्देशक तथा मुख्य सञ्चालन अधिकृत तथा ब्रान्ड एम्बासडर, चर्चित अभिनेत्री दिव्या रायमाझीको उपस्थिति रहेको थियो।

कार्यक्रममा कजारिया रमेश टायल्स लि।का निर्देशक तथा मुख्य सञ्चालन अधिकृतले कजारियाप्रतिको ग्राहकहरूका माया र विश्वासप्रति आभार व्यक्त गर्दै भने, ‘हामीप्रति देखाइएको विश्वासले नै हामीलाई अझ उत्कृष्ट गुणस्तर र आकर्षक डिजाइन प्रस्तुत गर्न प्रेरित गर्छ। यो खुसीको क्षण ग्राहकहरूसँग बाँड्न पाउँदा अत्यन्त आनंदित छौं।’

त्यसैगरी, ब्रान्ड एम्बासडर दिव्या रायमाझीले कजारिया परिवारको हिस्सा हुन पाउँदा गर्व लागेको बताउँदै भनिन्, “भाग्यशाली विजेताले कजारियासँग एक अविस्मरणीय क्रुज यात्रा अनुभव गर्नेछन् भन्नेमा म निकै उत्साहित छु।”

लामो प्रतीक्षापछि बम्पर पुरस्कार विजेताको घोषणा चितवनकी योजीना गुरुङको रूपमा गरियो। उनले उपहार मार्बल पसल, चितवनमार्फत कजारिया टायल्स खरिद गरेकी थिइन्। गुरुङ अब सिङ्गापुर क्रुज यात्राका लागि पूर्ण स्पोन्सर्ड यात्रामा सहभागी हुने भएकी छन्।

यस घोषणासँगै देशभरका कजारिया ग्राहक र डिलर नेटवर्कबीच उत्साह छाएको छ, जसले अभियानको सफल समापनलाई अझ विशेष बनाएको छ। कजारिया टायल्सले बम्पर विजेता योजीना गुरुङलाई बधाई दिँदै सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गरेको छ। ब्रान्डले भविष्यमा पनि उत्कृष्ट गुणस्तर, नवीन डिजाइन र सन्तोषजनक ग्राहक अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit