Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

चालू आर्थिक वर्षको चार महिनामा ३ खर्ब २९ अर्ब राजस्व संकलन

चालू आर्थिक वर्षको चार महिनामा  ३ खर्ब २९ अर्ब राजस्व संकलन
विज्ञापन
Advertisement

 काठमाडाैं । चालु आर्थिक वर्ष २०८२- ०८३  काे चार महिना (अर्थात् साउनदेखि ३० कात्तिकसम्म)मा ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको चार महिनामा ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो आर्थिक वर्षको चार महिनामा ३ खर्ब २९ अर्ब २ करोड राजस्व संकलन गरेको थियो भने ४ खर्ब ६ अर्ब ३७ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । यो आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अघिल्लो आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

अर्थ मन्त्रालयको राजस्व महाशाखाका अनुसार कात्तिक महिनामा मात्र ७८ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । कात्तिक महिनामा सरकारले १ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोको थियो।

त्यस्तै अघिल्लो वर्ष सोही महिना अर्थात कात्तिक महिनामा ७६ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit