Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

एनपिएलको पहिलो खेलमा काठमाडौँ गोर्खाजको पहिलो जित

एनपिएलको पहिलो खेलमा काठमाडौँ गोर्खाजको पहिलो जित
विज्ञापन
Advertisement

काठमाडौं । आजदेखि राजधानीमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स विरुद्ध काठमाडौँ गोर्खाजले पहिलो जित हात पारेको छ ।जनपुरले बोल्ट्ल्सले दिएको १३१ रनको लक्ष्य काठमाडौं गोर्खाजले १७ ओभरमा पूरा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निरधारित २० ओभरमा छ विकेट गुमाएर १३० रनको योगफल बनाएको थियो।

जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन् । यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए । लाहिरु मिलन्था सात रनमा आउट भए ।

काठमाडौँ गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक÷एक विकेट लिए ।

यसअघि भएको पहिलो संस्करणको खेलमा भने जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको थियो । काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit