Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सय रोपनी जग्गामा व्यवसायिक किवी खेती, १० हजार किलो उत्पादन हुने अनुमान

सय रोपनी जग्गामा व्यवसायिक किवी खेती, १० हजार किलो उत्पादन हुने अनुमान
विज्ञापन
Advertisement

रामेछाप । जिल्लामा खेतीयोग्य जमिन बाझिँदै गर्दा रामेछापका केही किसानहरू व्यावसायिक खेतीमा लागेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

जिल्लाको हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्तीका एक किसानले व्यावसायिक रूपमा किवी खेती सुरु गरेका छन् । उमाकुण्ड–२ बाम्तिभण्डरका किसान अनन्त खड्काले बाँझो बसेको आफ्नो करिब एक सय रोपनी जग्गामा व्यावसायिक रूपमा किवी खेती गर्दै आएका छन् ।
खड्काले अनन्त एग्रोभेट बायोफार्म दर्ता गरेर आफ्नो निजी जमिनमा १७ सय बोट किवी लगाएका छन् । त्यस मध्ये करिब ७ सय बोटले यस वर्ष उत्पादन दिएको छ ।

फर्ममा रहेको किवी अब टिप्ने बेला भएको छ । तर खड्का अहिले किवी बेच्ने योजनामा छैनन् । अहिले किवी कोल्डस्टोरमा राखेर चैत लागेपछि बेसिजनमा बजार पठाउने योजनामा उनी छन् । ‘यस वर्ष १० हजार किलो किवी उत्पादन हुन्छ होला, बेसिजनमा बिक्री गर्दा राम्रै मूल्य आउँछ’, उनले भने ।

खड्काले स्थानीय सरकार तथा प्रदेश सरकार समेतको सहयोगमा किवी खेती सुरु गरेका हुन् । उनको किवी फार्ममा १ करोड रुपैयाँ लगानी भइसकेको छ । खड्काको फार्मले गाउँमा किवी खेतीको प्रवर्धनमा निक्कै सहयोग गरेको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार बताउँछिन् । बाम्तिमा धेरै किसानले किवी खेती सुरु गरेका बताउँदै उनले सो वडालाई किवीको पकेट क्षेत्र घोषणा गरेर थप खेती प्रवर्धन गर्नुपर्ने बताइन् । ‘गाउँपालिकाले यस्ता किसानलाई प्रोत्साहनका रूपमा अनुदान पनि वितरण गरेका छौँ, यस्ता किसानलाई थप प्रोत्साहन गर्दै लैजाने छौँ’, उनले भनिन् ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार स्थानीय तहमा के काम भइरहेको छ भन्ने कुरा गाउँमा आएर हेर्नुपर्ने बताए । उनले कुरा गरेर मात्रै नहुने बताउँदै उत्पादनको लागि काम नै गर्नुपर्ने सुनुवारले बताए । सबै कुरा सरकारले गर्न नसक्ने बताउँदै उनले सरकारले हौसला र टेवा पु¥याउने बताए । उनले किसानहरूलाई उत्पादनमा लाग्ने पनि आग्रह गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit