images images images
images images images
images
images
images

एनपिएलमा किङ्स र रोयल्स अपराजित यात्रा कायम राख्ने लक्ष्यमा मैदान उत्रदा बोल्टस् पहिलो जितको लागि प्रतिस्पर्धा गर्दै

images

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा मौदान उत्रने छन् । अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो। उपाधि दावेदारी प्रस्तुत गर्न जनकपुरलाई आज विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ ।

images
images

यस्तै, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ। विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंविरुद्ध जित दर्ता गरेको थियो । यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भएको भेटमा जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो । आज उक्त बदला दिने सोच विराटनगरको रहने छ।

दोस्रो खेलमा आजै दिपेन्द्र सिंह ऐरीको कप्तानीको सुदूरपश्चिम र सोमपाल कामी नेतृत्वको कर्णाली आमनेसामने हुनेछन्। गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ ।

यता, पहिलो खेलमा चितवन राइनोजसँगको हारबाट जारी संस्करण सुरु गरेको कर्णालीले शनिबार लुम्बिनी लायन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्यो । ९ विकेटको रवाफिलो जित निकाल्ने क्रममा कर्णालीका मार्क वाटले विष्फोटक शतकीय पारी खेल्दै जित दिलाएका थिए ।

गत संस्करण रनरेटमामाथि पर्दै प्लेअफ पुगेको कर्णाली यस पटक सहज यात्राको चाहानामा मैदानमा प्रतिस्पर्धा गर्दै छ। गत संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले स्तब्ध पारेको थियो। आज उक्त हार दोहो¥याउने पक्षमा कर्णाली हुनेछैन भने, बलियो देखिएको रोयल्स पनि अपराजित यात्रा कायम राख्न चाहान्छ।

नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।

images
images

प्रतिक्रिया दिनुहोस्