Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पहिलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुन राष्ट्रिय टोली मलेसिया प्रस्थान

पहिलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुन राष्ट्रिय टोली मलेसिया प्रस्थान
विज्ञापन
Advertisement

काठमाडौं । नेपालले पहिलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी बन्दै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली डजबल टोली आज मलेसिया प्रस्थान गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

यो प्रतियोगितामा १२ देशका प्रतिस्पर्धी सहभागी हुँदैछन् । आयोजक राष्ट्र मलेसिया हाल विश्व डजबल र्‍याङ्किङमा नम्बर–१ स्थानमा रहेको छ । नेपालका खेलाडीहरूका लागि यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता समेत हो।

बलियो आत्मविश्वास, पूर्ण तयारी र अनुभवका साथ मैदानमा उत्रने तयारीमा रहेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् । उनले टोलीलाई उत्कृष्ट प्रदर्शनको शुभकामना पनि व्यक्त गरे ।

नेपाली टोलीमा कप्तान विराज दाहालसहित प्रकाश सिंह ऐर, कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम र विनोद कोईराला रहेका छन् ।

टोली प्रमुख राजन गौतम, व्यवस्थापक कौशल ज्ञवाली, सहायक व्यवस्थापक हिरामणी नेपाल, प्रशिक्षक तथा खेलाडी अरुण तिमल्सिना, ट्रेनर बेनु कुमार राई तथा मिडिया अफिसर सन्दीप रिजाल सहभागी छन्। नेपालमा डजबल खेल विस्तारै लोकप्रिय हुँदै गएको छ। नेपाल डजबल फेडेरेसनले यो खेललाई देशभर पहिचान दिलाउने उद्देश्यसहित विभिन्न कार्यक्रम, प्रतियोगिता तथा जागरूकता अभियानहरू निरन्तर आयोजना गर्दै आएको जनाएको छ।

विद्यालय, कलेज तथा सामुदायिक स्तरमा सञ्चालन गरिएको परिचयात्मक कार्यक्रमले खेलप्रति युवाहरूको आकर्षण उल्लेख्य रूपमा बढाएको फेडेरेसनले जनाएको छ। जर्सी पुल मुख्य प्रायोजक बनेको छ भने इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर, जी स्पोर्ट्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनरको रूपमा रहेको आयोजकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit