Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्णः राष्ट्रपति

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्णः राष्ट्रपति
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहमा उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले भने, ‘नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको छ। क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।’

उनले खेल क्षेत्रमा आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपालका लागि सकारात्मक सङ्केत भएको उल्लेख गरे । राष्ट्रपति पौडेलले नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवं आत्मविश्वास अभिवृद्धि गर्ने काम गरिएकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति धन्यवाद व्यक्त गरेका छन् ।

पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलङ्कामा आयोजना हुन गइरहेको टी–२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि व्यक्त गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit