images images images
images images images
images
images
images

जनकपुरमा विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न प्रतिबन्ध

images

जनकपुर । सप्ताहव्यापी रुपमा मनाईने मिथिलाको ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द गरिएको छ ।

महोत्सवको अवसरमा आयोजित मेला भव्य बनाउन आजदेखि तीन दिनका सम्मका लागि विद्यालयहरु बन्द गरिएको हो । संस्थागत विद्यालयहरु आवद्ध प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले संयुक्त रुपमा सूचना जारी गर्दै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । सूचनामा विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।

images
images

साथै आजै देखि तीन दिनसम्म जनकपुरधामभरि माछा–मासु र मदिरा बिक्री वितरण पनि प्रतिबन्ध लगाइएको छ । आइतबार राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले माछा मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

कसैले आदेश विपरीत माछा मासु र मदिरा बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम सजाय हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्