काठमाडौं। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा शुक्रबारआईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
सो निष्काशनमा कुल २४ लाख १३ हजार ५१७ जनाको २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका परेको थियो। जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्