Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

मधेश प्रदेशले ल्यायाे ४६ अर्ब ५८ करोड बढीको बजेट, पुँजीगत खर्चमा प्राथमिकता

मधेश प्रदेशले ल्यायाे ४६ अर्ब ५८ करोड बढीको बजेट, पुँजीगत खर्चमा प्राथमिकता
विज्ञापन
Advertisement

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्रीले पेश गरेको बजेटमा समावेशी विकास, पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिइएको छ।

विज्ञापन
Advertisement
Advertisement

आगामी वर्षको बजेटमा चालु खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको करिब ३५.9 प्रतिशत हो। यता पुँजीगत खर्चतर्फ भने ३० अर्ब २६ करोड रुपैयाँ छुट्याइएको छ, जसले आगामी वर्षमा पूर्वाधार निर्माण, विकास आयोजनाहरूको कार्यान्वयन र रोजगारी सिर्जनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।

मधेश प्रदेश सरकारले सार्वजनिक गरेको बजेटले समावेशी तथा दिगो विकासको मार्गचित्र प्रस्तुत गर्ने दाबी गरेको छ। बजेट कार्यान्वयनमा चुस्तता र पारदर्शिता कायम गर्दै प्रदेशको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit