Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तनावले कुनै कुरामा फोकस गर्नै सकिएन भने के गर्ने ?

तनावले कुनै कुरामा फोकस गर्नै सकिएन भने के गर्ने ?
विज्ञापन
Advertisement

काठमाडाैं । तनावबाट आफै बाहिर निस्किने प्रयास गर्नु नै पहिलो उपचार  हाे?
मानसिक स्वास्थ्य समस्यामा परिवारको भूमिका कस्तो हुनुपर्छ? कसरी नियन्त्रण गर्न सकिन्छ ? मैले  तनाबबाट बाहिर निस्कनका के गर्न सकिन्छ भनेर समस्या र समाधानका उपाय बारेमा केही  तल उल्लेख गरेकाे छु ।

विज्ञापन
Advertisement
Advertisement

कुनै अप्रत्याशित घटना हुँदा डर, त्रास, चिन्ता, एन्जाइटी हुने, निद्रा नलाग्ने खान मन नै नलाग्ने र सोचाइमा समस्या हुनसक्छ । यो सामान्य रुपमा सबैलाई हुन्छ । नराम्रो घटना हुँदा कोही पनि खुसी हुँदैन । नराम्रो घटनाले नराम्रो महसुस हुनु स्वाभाविक हो ।

तर घटना सकिएपछि विस्तारै सामान्य रुपमा आउनुपर्छ । त्यही कुराले हाम्रो दैनिक जीवनमा असर पर्न थाल्यो भने असामान्य अवस्था मानिन्छ । घटना सकिएपछि पनि त्यहीमात्र बारम्बार सम्झिने, इमोसनल हुने, रुन मन लाग्ने, निदाउन नसक्ने, आत्महत्याको सोच आउने हुन थाल्यो भने सामान्य मान्नु हुँदैन ।

यस्तो अवस्थामा के गर्ने ?

आफूलाई तनाव भएको कुरा कसैलाई भन्न सकिएन, दैनिक जीवनमै असर प¥यो, काम गर्न मन नलाग्ने वा जोस–जाँगर हरायो, खुसी लागेन, आत्मग्लानी भयो, आत्महत्याको सोच आउन थाल्यो, दिक्क लाग्ने, खानपिनमा समस्या हुने भयो भने परामर्श आवश्यक हुन्छ । तर, परामर्श लिनुअघि पहिला आफूले तनाव व्यवस्थापनको प्रयास गर्नुपर्छ ।

आफैँले आफ्नो दैनिक जीवनयापनमा फर्कन रुटिनमा बस्नुपर्छ । जुन सोचाइले आफूलाई दुःख दिइरहेको छ, त्यसबाट हटेर आफूलाई दैनिक जीवनमा केन्द्रित गर्न सक्नुपर्छ । आफ्ना साथीभाइलाई आफ्ना कुरा सेयर गर्नुपर्छ । तनाव व्यवस्थापन गर्न सक्यो भने परामर्श नै आवश्यक नपर्न सक्छ । तर तनाव व्यवस्थापन सबैका लागि जरुरी छ ।

कुन उमेरका व्यक्ति बढी समस्यामा पर्न सक्छन ?

अप्रत्याशित घटनाका कारण जुनसुकै उमेरका व्यक्तिलाई असर पर्नसक्छ । अहिले बालबालिकाहरु सामाजिक सञ्जालमा सक्रिय छन् । उनीहरुले स्क्रीनमा धेरै कुरा देखेका छन् । उनीहरुलाई पनि अप्रत्यक्ष रुपमा तनाव, डर महसुस हुन्छ । सामाजिक सञ्जालमा देशको पछिल्लो घटनाक्रमको फोटो, भिडियो तथा विभिन्न कुरा प्रशस्त छन् ।

यही कुरा हेरेर बालबालिकामा पनि डर–त्रास उत्पन्न हुनसक्छ । यस्तै ज्येष्ठ नागरिकहरू पनि आजभोलि स्क्रीनमा धेरै समय बिताउने गर्छन् । सामाजिक सञ्जालमा छाइरहेको देशको पछिल्लो माहोलबारे बारम्बार भिडियोहरू हेर्दा उहाँहरुमा पनि नकारात्मक असर पर्नसक्छ ।

वयस्क व्यक्तिमा पनि तनावको अवस्था हुन्छ । कतिपयले तनावको अवस्था भुलाउन धूमपान तथा मदिरा सेवन गर्नेसमेत जोखिम हुन्छ । यसले भोलिका दिनमा झनै नकारात्मक असर पार्छ । मदिरा सेवनले मानसिकमात्र होइन, शारीरिक समस्या पनि निम्त्याउँछ ।

के कुराले आफूलाई सकारात्मक बनाउन सकिन्छ ?
आफ्नो सोचाइ जुन कुराले आफूलाई दुःख दिइरहेको छ,त्यो सोचाइलाई पहिचान गर्नुहोस् । त्यसपछि आफैँलाई प्रश्न गर्नुहोस्–जुन कुरा मैले सोचिरहेको छु, के त्यो सही हो त रु जुन सोचाइले मलाई दुःख दिइरहेको छ, मैले काम गर्न सकिरहेको छैन, निद्रामा समस्या छ, तनाव भइरहेको छ, दिक्क लागिरहेको छ भने त्यो सोचाइ सही हो कि होइन ? आफूले औंल्याउनुपर्छ । यदि त्यो सोचाइ सही छैन तर त्यही कुराले अल्झाइरहेको छ भने, त्यस्तो सोचाइलाई त्याग्नुपर्छ । हामीले तनावबाट बाहिर निस्कन वर्तमानको वातावरणमा हिँड्न कोशिस गर्नुपर्छ ।

हिजोको घटना विगत भइसक्यो, अब वर्तमानमा आफ्नो काममा केन्द्रित गर्ने र सुत्ने, उठ्ने, खाने समय एउटै बनाउनुपर्छ ।

यदि खाना खाने समय भएको छ भने तनाव दिने सोचाइमा होइन, खानामै ध्यान दिनुपर्छ । यदि कुनै कुरा पढिरहेको छ भने अक्षरमा केन्द्रित गर्नुपर्छ । स्क्रीन टाइम कम गर्नुपर्छ । चाहिनेभन्दा बढी सूचनाले आफूलाई तनाव हुन्छ । एक–दुईवटा भरपर्दा माध्यमबाट मात्र सूचना लिने गर्नुपर्छ । यसले पनि तनाव कम गर्न मद्दत गर्छ । आफूलाई के गर्दा सहज महसुस हुन्छ, त्यही काम गर्नुपर्छ । आफ्नो भावनाले आफैंलाई गाह्रो भएको छ भने साथीहरुलाई भन्दा आफ्नो मन हल्का गर्न सकिन्छ ।

कुनै पनि कुरामा केन्द्रित हुन सकिएन भने के गर्ने ?
यदि कुनै कुरामा केन्द्रित हुनै सकिएन भने श्वासप्रश्वासको अभ्यास, ग्राउण्डिङ अभ्यास गर्न सकिन्छ । यो भनेको सोचाइमात्र नभई आफ्नो इन्द्रीयलाई सक्रिय बनाउने हो । ग्राउण्डिङ एक्सरसाइज भनेको अहिले आफ्नो वरपर पाँचवटा कुरा के छन् रु चार वटा कुरा के सुन्न सक्नुभएको छ ? तीन वटा कुरा कस्तो महसुस गर्नुभएको छ ? दुई वटा कुरा के गन्ध वा स्वाद आएको छ रु भनेर आफ्नो इन्द्रीय केन्द्रित गर्नुपर्छ । अर्को भनेको श्वासप्रश्वासको अभ्यास हो ।

यसले पनि तनाव व्यवस्थापनमा सहयोग हुन्छ । आफैँले सोचाइबाट ध्यान हटाएर आफ्नो दैनिक जीवनमा ध्यान दिनुपर्छ । कस्तो कुराले आफूलाई सजिलो हुन्छ ? आफ्नो रुचि, आफ्नो मूल्यलाई पहिचान गर्नुपर्छ । खाने, सुत्ने समय नियमित एउटै बनाउनुपर्छ । कुनै पनि प्रकारको लागुपदार्थलाई तनाव व्यवस्थापन गर्ने नाममा प्रयोग गर्नु हुँदैन । यदि यस्तो गर्न सक्नुभएन भने परामर्शले पनि धेरै सहयोग हुन्छ ।

परिवारको भूमिका कस्तो रहन्छ ?

घर परिवार वा आफ्नो साथीहरुलाई मानसिक स्वास्थ्य समस्या छ भने उसलाई सहयोग गर्ने व्यक्तिले पनि ध्यान पु¥याउनुपर्छ । जस्तै, कसैले तपाईंलाई आफ्नो कुरा सुनाउन चाहेको छ भने सुनिदिनुस् । तपाईंलाई धेरै जानकारी नभएको कुरा छ भने पनि आफुलाई जानकारी छैन, म पत्ता लगाएर भन्छु भनिदिनुस् । धेरै गाह्रो भएको छ भने परामर्शका लागि सहयोग गर्नुहोस् । तपाईंको साथीभाइ वा आफन्तलाई आत्महत्याको बिचार आएको छ भने उसलाई एक्लै नछोड्नुहोस् । यस्तै, कुलतमा लाग्न नदिनुस् ।

मानसिक स्वास्थ्य समस्या पनि विभिन्न खालको हुन्छ । उमेर अनुसार फरक हुन्छ । साना बालबालिकामा एन्जाइटी, डिप्रेसन, अटिजम, एडीएचडी, बौद्धिक अपांगताको समस्याको उपचार र परामर्शमा बालबालिकाको केयरगिभर वा अभिभावकलाई नै पनि सहभागी गराउनुपर्छ ।

ठूला व्यक्तिहरुलाई मानसिक स्वास्थ्य समस्या पनि अन्य रोगजस्तै हो भनेर बुझाउनुपर्छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई परिवारले पनि तिम्रो लागि म छु, हामी सबैजना तिम्रो सपोर्टमा छौं भनेर आडभरोसा दिनुपर्छ । आत्महत्याको बिचार आइरहेको छ र परिवारलाई भन्न सक्यो भने परिवार र साथीहरुले त्यो सोचलाई परिवर्तन गराउन सक्छन् ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले कुनै कुरा ग¥यो भने यो त रोगी हो, त्यसैले यस्तो कुरा ग¥यो भन्नु हुँदैन ।

कडा खालको मानसिक समस्या सिजोफ्रेनिया तथा बाइपोलरको समस्यामा औषधि सेवन जरुरी छ । यसमा परिवारले पनि ध्यान दिनुपर्छ । नियमित औषधि सेवनका लागि प्रोत्साहन गर्नुपर्छ । औषधिको डोज परिवर्तन गराउनुपर्दा डाक्टरसँग परामर्श लिनुपर्छ । यस्तै डिप्रेसन, एन्जाइटीको समस्यामा बिरामीको भावना बुझिदिनुपर्छ । कसैलाई औषधि नै आवश्यक छ भने त्यो लामो समयका लागि हुँदैन ।

त्यसैले यसलाई नकारात्मक रुपमा लिनु हुँदैन । उच्चरक्तचाप, सुगरका बिरामीले औषधि सेवन गरेजस्तै हो भनेर सान्त्वना दिनुपर्छ । हाम्रो समाजमा अरु रोगको औषधि खाँदा सामान्य लाग्छ । तर मानसिक स्वास्थ्य समस्याको औषधि खाँदा एकदमै नकारात्मक रुपमा लिने गरेको पाइन्छ, जुन राम्रो कुरा होइन ।
(डा. ज्यास्मिन मा नर्भिक अस्पतालमा मानसिक रोग विशेषज्ञ हुनुहुन्छ ।)

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit