Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सुजुकी मोटरसाइकल नेपालद्वारा भी–स्ट्रोम एसएक्स सार्वजनिक

सुजुकी मोटरसाइकल नेपालद्वारा भी–स्ट्रोम एसएक्स सार्वजनिक
विज्ञापन
Advertisement

 काठमाडाैं । सुजुकी मोटरसाइकल नेपालले लोकप्रिय बहुउद्देश्यीय यात्रु मोटरसाइकल भी–स्ट्रोम एसएक्स (V-Strom SX) का दुई  माेडल सार्वजनिक गरेकाे छ ।  नयाँ रङ -पर्ल फ्रेस ब्लू ,  ग्लास स्पार्कल ब्ल्याक तथा पर्ल ग्लेसियर ह्वाइट  मेटालिक म्याट स्टेलर ब्लू – बुधबार एक कार्यक्रमका बीच नेपाली बजारमा सार्वजनिक गरेको हाे।

विज्ञापन
Advertisement
Advertisement

भी–स्ट्रोम एसएक्स नेपालमा उपलब्ध सबैभन्दा किफायती २५० सिसीको जापानी एड्भेन्चर मोटरसाइकल मध्ये एक मानिन्छ। यसले मिश्रित सडक अवस्थाहरूमा प्रतिलिटर ४० किलोमिटर जति इन्धन दक्षता प्रदान गर्ने कम्पनीको दाबी छ। नेपाली भौगोलिक परिवेशलाई मध्यनजर गर्दै यसको डिजाइन तयार गरिएको छ, जसले हल्का उकालो-ओरालो, ग्राभेल तथा असमान बाटोहरूमा पनि सजिलै गुड्न सक्षम बनाउँछ।

साना सीट र अत्यधिक लामो सस्पेन्सनका कारण राजमार्गमा धक्का बढी दिने खालका शुद्ध अफ–रोड मोटरसाइकलहरूभन्दा फरक, भी–स्ट्रोम एसएक्सले उत्तम स्थिरता र लामो यात्रामा उच्च स्तरको सहजता प्रदान गर्छ। यही कारण यसलाई शहरभित्रका दैनिक यात्रादेखि देशभरका लामो दुरीका भ्रमणसम्मका लागि उपयुक्त मोटरसाइकलका रूपमा हेरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit