काठमाडौं । क्रिकेटको महाकुम्भ मानिएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा मंगलबारसम्म ११ खेल सम्पन्न भइसकेका छन्।
सम्पन्न ११ मध्ये चार खेलमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ समेत भएका छन् । मंगलबार लुम्बिनी लायन्ससँगको खेलमा काठमान्डु गोर्खाजका करण केसीले आक्रामक ब्याटिङ गरे । सात विकेट गुमाएर स्कोरबोर्डमा ११७ रन मात्र बनाएको गोर्खाजको लागि कप्तान केसीले आक्रामक ब्याटिङ गरेर टोलीको स्टोर १५७ सम्म पुर्याए।
केसीले ११ बलमा ३४ रन जोड्ने क्रममा १ चौका र ४ छक्का प्रहार गरे। उनले १९औं ओभरमा गरेको आक्रामक ब्याटिङले नै काठमान्डुको स्कोरले गति लिएको थियो भने एकै ओभरमा धेरै रन गोर्खाजले बनायो । यो ओभरमा लुम्बिनीका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानलाई करणले चार छक्का र एक चौका प्रहार गर्दै एकै ओभरमा ३१ रन बनेको थियो। केसीको सोही प्रर्दशनका कारण उनी सो खेलको उत्कृष्ठ खेलाडी चुनिए भने, लुम्बिनीलाई २२ रनले हराउँदै गोर्खाजले अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । यस्तै, गोर्खाजले प्ले अफ खेल्ने सम्भावना पनि बलियो भएको छ । चारमध्ये पछिल्लो तीन खेलमा लगातार रूपमा नेपाली खेलाडी चम्किँदै ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन्।
यस्तै, मङ्सिर ८ गते सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध अलराउण्ड प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी उत्कृष्ट खेलाडी चयन भए। सुदूरपश्चिम ४५ रनले विजयी भएको सो खेलमा दीपेन्द्रले चार विकेट लिनुका साथै ब्याटिङमा ३९ रनको योगदान गरेका थिए। मङ्सिर ८ गते सम्पन्न पहिलो खेलमा जनकपुर बोल्ट्सलाई नौ रनले हराएको विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट खेले। चार विकेट लिएर टिमलाई जिताउन महत्वपूर्ण योगदान दिएका उनले ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
मङ्सिर २ गते भएको पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको विराटनगरका लागि लोकेश बम उत्कृष्ट खेलाडी बने। उनले ७८ रनको पारी खेलेका थिए । यसैबीच एनपिएलको पहिलो खेलमा मङ्सिर १ गते काठमाडौंले जनकपुरलाई पाँच विकेटले हरायो । जसमा अलराउण्ड प्रर्दशन गर्दै विदेशी खेलाडी मिलिन्द कुमार ‘प्लेयर अफ द म्याच’ भए । उनले तीन विकेट लिनुका साथै १९ रन हिर्काएका थिए ।
यगैगरी, मङ्सिर २ गते भएको पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको खेलमा चितवन राइनोजका विदेशी खेलाडी रवी बोपरा उत्कृष्ट भए । उनले ५२ रन बनाउनुका साथै एक विकेट पनि लिएका थिए । मङ्सिर ३ गते भएको पहिलो खेलमा काममाडौंलाई २९ रनले स्तब्ध पार्दै सुदूरपश्चिमले जितेको खेलमा पनि विदेशी खेलाडी हर्मित सिंह उत्कृष्ट चुनिए । उनले ब्याटिङमा ५३ रन र दुई विकेट हात पारेका थिए ।
मङ्सिर ४ गते भएको चितवनविरुद्धको खेलमा पोखराले छ विकेटको जित दर्ता ग¥यो । जसमा पनि विदेशी खेलाडी रुबेन ट्रपेलम्यानले तीन विकेट लिँदै प्लेयर अफ द म्याच भए। मङ्सिर ५ मा सम्पन्न पोखराविरुद्धको खेलमा सुदूरपश्चिम १८ रनले विजयी भयो। उक्त खेलमा विदेशी खेलाडी जोश ब्राउनले ६८ रन हिर्काउँदै उत्कृष्ट भए ।
मङ्सिर ६ गते लुम्बिनीलाई नौ विकेटले हराएको खेलमा कर्णाली याक्सका विदेशी खेलाडी मार्कवाट उत्कृष्ट भए। उनले ११४ रन बनाउनुका साथै एक विकेट हात पारेका थिए। सोही दिन भएको अर्को खेलमा विराटनगरले काठमाडौंलाई पाँच विकेटले हरायो । जसमा मर्चेन्ट डे लाङगेले दुई विकेट लिँदै प्लेयर अफ द म्याच भए। हालसम्म सुदूरपश्चिमले लगातार तीन खेल जितेर छ अङ्कका साथ शीर्ष स्थानमा छ ।
समान तीन खेल खेलेर छ अङ्क जोडेको विराटनगर रनरेटका आधारमा दोस्रो स्थानमा छ। चारमध्ये दुई खेल जितेको काठमाडौं तेस्रो, तीनमध्ये एक खेल जितेको कर्णाली चौथो, दुईमा खेलमा एक जित निकालेको चितवन पाँचौँ नम्बरमा छ । यस्तै, तीनमा एक जितेको लुम्बिनी छैटौँ, दुईमा दुई हारेको जनकपुर सातौँ र दुईमा दुई नै हारेको पोखरा पुछारमा छ । व्यक्तिगत रूपमा सर्वाधिक रनकर्तामा कर्णाली याक्सबाट खेलिरहेका विदेशी खेलाडी मार्कवाट रहेका छन् । उनले हालसम्म सबैभन्दा बढी १४७ रन बनाएका छन् । उनले प्रतियोगितामा शतकसमेत हिर्काएका थिए । जुन जारी सिजनको हालसम्मको एकमात्र शतक हो ।
यसैबीच बलिङमा भने नेपाली खेलाडी प्रथम स्थानमा रहेका छन्। विराटनगर किङ्सका कप्तानसमेत रहेका सन्दिप लामिछाने सात विकेट लिँदै प्रथम स्थानमा रहेका छन्। यस्तै, काठमान्डु गोर्खाजकै विदेशी खेलाडी मिलिन्द कुमार र करण केसी समान सा÷सात विकेटका साथ क्रमस दोस्रो र तेस्रो स्थानमा छन् ।
जारी प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्