Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

वरिष्ठ उपाध्यक्षको रेसमा संघाई र वैद्य, चयनमा अंकगणित कि ‘जेन्टलमेन एग्रिमेन्ट’?

वरिष्ठ उपाध्यक्षको रेसमा संघाई र वैद्य, चयनमा अंकगणित कि ‘जेन्टलमेन एग्रिमेन्ट’?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को ६० औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । वैशाख २२ गते काठमाडौंको कमलादीमा भएको मतदानको अन्तिम परिणाम २३ गते आएसँगै आज विधानतः स्वतः अध्यक्ष बनेका अञ्जन श्रेष्ठलगायत, निर्वाचित विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य एवं कार्यकारिणी सदस्य सबैले पद तथा गोपनियताको शपथ लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार आयोजित एक विशेष कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले अध्यक्ष अञ्जन श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । लगत्तै श्रेष्ठले अन्य सबै पदाधिकारी एवं सदस्यहरुलाई पद तथा गोपनियताको शपथ दिलाए । नवनिर्वाचित सबै पदाधिकारीले आजै प्रमाणपत्र बुझेका छन्। कुल ७३ पदका लागि भएको महासंघको निर्वाचनमार्फत ६९ पदाधिकारी चुनिएका छन् । बाँकी चार पदका लागि भने आधा कार्यकालको सहमती भएको छ ।

अञ्जन श्रेष्ठले नेतृत्व सम्हालिसकेको अवस्थामा, कार्यसमितिबाट चयन गरिने अर्को महत्वपूर्ण पद वरिष्ठ उपाध्यक्ष को बन्छ भन्ने विषय यतिबेला चासोपूर्वक हेरिएको छ। निर्वाचन परिणामअनुसार कार्यसमितिमा अञ्जन श्रेष्ठ समूहको स्पष्ट बहुमत देखिएकाले अबको वरिष्ठ उपाध्यक्ष सोही टिमबाट बन्ने निश्चितप्रायः छ। यद्यपि, उनकै टिमभित्रका बलिया दाबेदारहरू रामचन्द्र संघाई र सुरकृष्ण वैद्यबीच एक हुने आकलन गरिएको छ।

निर्वाचनअघि अञ्जन श्रेष्ठ समूहमा आबद्ध सुरकृष्ण वैद्य, दिनेश श्रेष्ठ र रामचन्द्र संघाई बीच एउटा ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको चर्चा थियो। जसको आशय थियो ‘जसको क्षेत्र (जिल्ला–नगर वा एसोसिएट’ बाट बढी मत आउँछ, उसैलाई वरिष्ठ उपाध्यक्षमा अघि बढाउने।’
एसोसिएटतर्फ अञ्जन श्रेष्ठ समूहका प्रवलजंग पाण्डेको प्यानलले क्लिन स्वीप जस्तै नतिजा निकालेको छ। बुधबार मत परिणाम घोषणा हुँदा संघाई नवनिर्वाचित अध्यक्ष श्रेष्ठसँगै मञ्चमा एकसाथ देखिएका थिए, जसलाई धेरैले उनी भावी वरिष्ठ उपाध्यक्ष बन्ने संकेतका रूपमा बुझेका छन्। जिल्ला– नगरतर्फ उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ (दुवै अञ्जन पक्षधर) विजयी भएका छन्।

यस्तै, निवर्तमान जिल्ला–नगर उपाध्यक्ष वैद्यले पनि वरिष्ठ उपाध्यक्षका लागि आफूलाई दाबेदारका रूपमा प्रस्तुत गरेका छन्। वरिष्ठ उपाध्यक्षको चयन कार्यसमिति सदस्यहरूको मतदानबाट हुने भएकाले अञ्जन श्रेष्ठको प्यानल सुरक्षित देखिएको पनि छ। वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी हेमराज ढकाल समूहका लागि यो निर्वाचन परिणाम प्रतिकूल देखिएको छ। जिल्ला–नगर र एसोसिएट दुवै क्षेत्रमा ढकाल समूहका थोरै उम्मेदवार मात्र विजयी भएका छन्। यसले कार्यसमितिभित्रको अंकगणितमा ढकाल समूह कमजोर देखिएको छ, जसको प्रत्यक्ष लाभ अञ्जन श्रेष्ठले अघि सार्ने उम्मेदवारलाई हुने देखिन्छ। त्यसैले श्रेष्ठले समर्थन दिने व्यक्तिलाई वरिष्ठ उपाध्यक्ष हुन असहज हुने देखिँदैन् ।

अबको प्रक्रिया के ?

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक वा त्यसपछिको बैठबाट वरिष्ठ उपाध्यक्षका लागि तोकिएको समयभित्र वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी आह्वान हुनेछ। यदि सर्वसम्मतिको प्रयास सफल भएन भने कार्यसमितिका सदस्यहरूबीच मतदान हुनेछ। निर्वाचन परिणाम हेर्दा, रामचन्द्र संघाई र सुरकृष्ण वैद्यमध्ये एक जनाले महासंघको आगामी वरिष्ठ उपाध्यक्षको कुर्सी सम्हाल्ने देखिन्छ। दुई मध्ये पनि पहिला गरेको भनिएको ‘जेन्टलमेन एग्रिमेन्ट’ अनुसार अघि बढ्ने सहमती जुट्छ वा अध्यक्षले अंकगणितलाई निर्णायक बनाउनुपर्ने अवस्था सिर्जना हुन्छ भन्ने विषय चाँडै प्रस्ट हुँदै जानेछ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit