काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वार्षिक साधारण सभा मंसिर १२ गते काठमाडौंस्थित भिभान्ता होटलमा सम्पन्न भएको छ। दिउँसो ३ बजे शुरु भएको सभाले कम्पनीका आगामी कार्ययोजना तथा नीतिगत विषयहरूसम्बन्धी विभिन्न एजेन्डा पारित गरेको कम्पनीले जनाएको छ।
सभामा संचालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१ -८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल भएको छ। लेखा परीक्षकको प्रतिवेदन सहित नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनहरू सर्वसम्मतिले स्वीकृत गरिएको कम्पनीले जानकारी दिएको छ।

यसैगरी, आर्थिक वर्ष २०८२- ८३ का लागि लेखा परीक्षकको नियुक्ति, संचालक समिति सदस्यहरूको पुनर्नियुक्ति तथा सभाको निर्णयमा हस्ताक्षर गर्ने शेयरधनी प्रतिनिधिको मनोनयन पनि साधारण सभाले अनुमोदन गरेको छ। साथै, सार्वजनिक निष्कासनसम्बन्धी विशेष प्रस्ताव समेत सभाबाट पारित भएको कम्पनीको भनाइ छ।

विगत वर्षहरूदेखि नै सर्वसाधारणलाई सहज, शुलभ र पहुँचयोग्य कर्जा सेवा प्रदान गर्दै आएको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आगामी दिनमा पनि ग्राहकको जीवनस्तर उकास्ने लक्ष्यका साथ जिम्मेवार वित्तीय सेवाप्रदायकको भूमिकामा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।


















प्रतिक्रिया दिनुहोस्