Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ईभी विस्तार र ग्राहक सन्तुष्टिमा एमएडब्लू वृद्धिको नयाँ उपलब्धि

ईभी विस्तार र ग्राहक सन्तुष्टिमा एमएडब्लू वृद्धिको नयाँ उपलब्धि
विज्ञापन
Advertisement

काठमाडाैं । “एनर्जी, भिजन, फ्यूचर” थिममा सम्पन्न २०२६ डोंगफेंग डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले दुई प्रतिष्ठित अवार्ड -‘२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स’ र ‘२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स’-प्राप्त गर्दै अन्तर्राष्ट्रिय बजारमै आफ्नो क्षमता, विश्वासिलो सेवा र दिगो दिशालाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। नेपालमा ईभी प्रवर्द्धन, सञ्जाल विस्तार र ग्राहक–केन्द्रित सेवामा कम्पनीले देखाएको निरन्तर प्रतिबद्धताका कारण यी सम्मानहरू हात परेको जनाइएको छ। स्वच्छ ऊर्जा र प्रदूषणमुक्त यातायाततर्फ नेपालको यात्रालाई तीव्र बनाउने समूहको उद्देश्यसँग यी अवार्डहरू नजिकैसँग जोडिन्छन्।

विज्ञापन
Advertisement
Advertisement

केवल १४ महिनाको अवधिमा एमएडब्लू वृद्धि मोटर्सले १२५० भन्दा बढी ईभी बिक्री गर्दा कम्पनीले न्यू–इनर्जी क्षेत्रमै उल्लेखनीय सफलता हासिल गरेको छ। यस अवधिमा नामी बक्स आफ्नो सेग्मेन्टमै सबैभन्दा बढी बिक्री हुने मोडेल बनेको छ, जसले स्मार्ट, किफायती र आधुनिक सुविधासहितको इलेक्ट्रिक गाडीप्रति उपभोक्ताको रुचि तीव्र गतिमा बढिरहेको संकेत दिन्छ।

यस्तै, हालै नेपाल भित्रिएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु भइसकेको छ, जसले उपभोक्ताका लागि थप विकल्प उपलब्ध गराएको छ। देशभरका १२ बिक्री केन्द्रहरूले गाडी प्रत्यक्ष हेर्न, बुझ्न र विश्वासपूर्वक रोज्न उपभोक्तालाई सहज वातावरण प्रदान गरिरहेका छन्।

सेवा उत्कृष्टताका कारण प्राप्त ‘सर्भिस एक्सलेन्स’ अवार्ड एमएडब्लू वृद्धि मोटर्सको ग्राहकप्रतिको समर्पणको पुष्टि हो। कम्पनीका १० सेवा केन्द्रहरूले ९२.५ प्रतिशत ग्राहक सन्तुष्टि दर कायम राखेका छन्।

२४ घण्टा उपलब्ध हेल्पलाइन, पिक–एण्ड–ड्रप, रोडसाइड असिस्टेन्स र अफ–रोड सेवा जस्ता सुविधाले ग्राहकलाई देशका जुनसुकै स्थानबाट पनि छिटो र भरपर्दो सहायता पाउन सहज बनाएको छ। यी सेवाहरूले बिक्रीपछि पनि ग्राहकसँग विश्वसनीय र स्थायी सम्बन्ध कायम राख्न कम्पनीलाई सक्षम बनाएका छन्।

स्टेकहोल्डरको सम्मान, जिम्मेवार नेतृत्व र उद्देश्यप्रतिको स्थायी विश्वासमा आधारित एमएडब्लू वृद्धि मोटर्सको ब्रान्ड दर्शनले स्वच्छ ऊर्जा, पूर्वाधार निर्माण र उत्कृष्ट सेवालाई निरन्तर प्राथमिकता दिँदै आएको छ। यसले कम्पनीप्रतिको ग्राहक, साझेदार र बजार समुदायको भरोसा झनै सुदृढ बनाएको छ।

यी अवार्ड र दिगो विकासप्रति केन्द्रित निरन्तर पहलहरूले एमएडब्लू वृद्धि मोटर्सलाई नेपालमा स्वच्छ, सुरक्षित र भविष्यमुखी यातायात समाधान प्रदान गर्ने अग्रणी ब्रान्डको रूपमा अझ मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ। यसै प्रसंगमा एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “हामी नेपालमा वातावरणमैत्री गाडीहरू ल्याउन निरन्तर काम गर्नेछौँ। यसले आयातित इन्धनप्रतिको निर्भरता घटाउँछ, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ र राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्छ। ग्राहकको सन्तुष्टि सधैँ हाम्रा हरेक कार्यको केन्द्रमा रहनेछ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit