Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एआई शिक्षादेखि न्यायिक प्रविधिसम्म: सनवे कलेज र कानुन एआईको तीन वर्षे सहकार्य गर्ने सम्झौता

एआई शिक्षादेखि न्यायिक प्रविधिसम्म: सनवे कलेज र कानुन एआईको तीन वर्षे सहकार्य गर्ने सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं।नेपालमा कानुनी प्रविधि र एआई शिक्षामा नवप्रवर्तनलाई गति दिने उद्देश्यले सनवे कलेज काठमाडौं र कानुन एआई प्रालिले आज तीन वर्षे रणनीतिक साझेदारीको घोषणा गरेका छन्। माइतीदेवीस्थित क्याम्पसमा आयोजित कार्यक्रममा सनवे कलेजका निर्देशक कुशल रेग्मी र कानुन एआईका प्रमुख प्राविधिक अधिकृत प्राञ्जल तिमल्सिनाले समझदारीपत्र (MoU)मा हस्ताक्षर गर्दै सहकार्य औपचारिक रूपमा सुरु भएको घोषणा गरे।

विज्ञापन
Advertisement
Advertisement

दुवै संस्थाको सहकार्य एआईसम्बन्धी अध्ययन, अनुसन्धान र कानुनी क्षेत्रका लागि प्रविधिमा आधारित समाधान विकास गर्न लक्षित छ। साझेदारीमार्फत ‘आर्टिफिसियल इन्टेलिजेन्स र नैतिकता’ विषयमा संयुक्त पाठ्यक्रम सञ्चालन गरिनेछ, जसले एआईका आधारभूत पक्षदेखि नैतिकता, पूर्वाग्रह, सुशासन र कानुनी प्रविधिमा यसको प्रयोगसम्मका विषय समेट्नेछ। साथै, नेपालका न्यायिक तथा कानुनी संस्थानका लागि एआईका विभिन्न प्रयोगात्मक समाधानहरू विकसित गर्न संयुक्त अनुसन्धान परियोजना सञ्चालन गरिनेछ। यसमा कानुनी कागजातहरूको स्वचालित विश्लेषणका लागि नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (NLP), मुद्दा व्यवस्थापनका स्मार्ट प्रणाली र न्यायिक प्रक्रियाका लागि प्रिडिक्टिभ एनालिटिक्स जस्ता प्रविधि प्रमुख रहनेछन्।

यससँगै सहकार्यले एआईसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिगत संरचनाको अध्ययनलाई पनि प्राथमिकता दिने जनाएको छ। नियमन र सुशासनका ढाँचाहरू, एआई प्रयोगका जोखिम र नैतिकतासम्बन्धी विषयमा शैक्षिक तथा नीतिगत अनुसन्धान अघि बढाइनेछ। विद्यार्थीदेखि कानुन व्यवसायी, नीति निर्माता र सर्वसाधारणसम्मलाई लक्षित कार्यशाला, गोष्ठी र सम्मेलनमार्फत एआईका अवसर र चुनौतीबारे जनचेतना अभिवृद्धि गर्ने योजना पनि साझेदारीमा समावेश छ।

कार्यक्रममा बोल्दै निर्देशक रेग्मीले यो सहकार्यले प्राज्ञिक उत्कृष्टतालाई औद्योगिक नवप्रवर्तनसँग जोडेर विद्यार्थीलाई एआई–निर्देशित भविष्यका लागि तयार पार्ने बताउँदै सनवेको प्रतिबद्धता दोहोर्याए। कानुन एआईका CTO तिमल्सिनाले कानुनी प्रविधिमा एआईको जिम्मेवार र प्रभावकारी प्रयोगका लागि यो सहकार्य महत्त्वपूर्ण मोडको रूपमा रहेको टिप्पणी गरे।

त्रैमासिक रूपमा बस्ने संयुक्त समन्वय समितिमार्फत साझेदारीको कार्यान्वयन अघि बढाइनेछ। सनवे कलेजले शैक्षिक स्रोत, अनुसन्धान पूर्वाधार र विद्यार्थी सहभागिता उपलब्ध गराउनेछ भने कानुन एआईले प्राविधिक दक्षता र एआई प्लेटफर्महरूको पहुँच प्रदान गर्ने छ।

बौद्धिक सम्पत्तिको संयुक्त स्वामित्व, डाटा सुरक्षाप्रति कडाइ र पारदर्शी सुशासनमा जोड दिँदै दुवै संस्थाले यस सहकार्यलाई नेपालमा जिम्मेवार एआई विकासको महत्वपूर्ण आधारका रूपमा हेरेका छन्।

सनवे कलेज काठमाडौं नवीनतम शैक्षिक कार्यक्रम र अनुसन्धानमैत्री वातावरणका लागि परिचित शैक्षिक संस्था हो, जबकि ललितपुरमा अवस्थित कानुन एआई प्रालि कानुनी प्रविधि क्षेत्रमा एआई–आधारित आधुनिक समाधान विकास गर्ने अग्रणी प्रविधि कम्पनीका रूपमा स्थापित हुँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit