Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

कैलालीका किसानको आम्दानीको स्रोत बन्दै तरकारीखेती

कैलालीका किसानको आम्दानीको स्रोत बन्दै तरकारीखेती
विज्ञापन
Advertisement

अत्तरिया । कैलालीका किसानले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी गरेर आफ्नो आर्थिक पक्षलाई सबल बनाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट वर्षमा रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको बताए । विगत २५ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका रानाले अहिले करिब १० कट्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरिरहेको भएको छ ।

रानाका अनुसार हाल तरकारी बिक्रीबाट दैनिक रु दुई हजारदेखि दुई हजार ५०० सम्म आम्दानी भइरहेको छ । ‘तरकारीबाट दैनिक आम्दानी पनि हुन्छ, सिजनमा राम्रै बिक्री हुन्छ । मेहनत बढी चाहिन्छ । तरकारी बिक्रीबाट घरव्यवहार चलाउन सहज भएको छ । सानोतिनो गाह्रो अप्ठेरो पर्दा अरुबाट ऋण लिनु परेको छैन’, उनले भने , “आठ जनाको परिवार छ । सबै घरखर्च बालबच्चाको पढाइलेखाइ खर्च यसैबाट चलेको छ ।” रानाले मौसमी, बेमौसमी सबै किसिमका तरकारी उत्पादन गर्दै आएका छन् ।

त्यस्तै, सोही ठाउँका विशाल रानाले तरकारीखेतीबाट वर्षमा रु दुई लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए। विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका विशालले हाल करिब साढे चार कट्ठा जग्गामा तरकारीखेती गरेको बताए ।

सिजनमा राम्रै आम्दानी हुने बताउँदै विशालले हाल तरकारी बिक्रीबाट दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्म आम्दानी हुने गरेको बताए । उहाँले भने, ‘तरकारी बिक्रीबाट घरखर्च राम्रै चल्छ । चार जनाको परिवार छ । सबै खर्च यसैबाट चलाएको छु । तरकारीखेतीले स्वरोजगार बनिएको छ ।’

सोही ठाउँका अर्का किसान धोके रानाले पनि तरकारीखेतीबाट घरखर्च चलाउन सहज भएको बताए । विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएको बताउँदै उहाँले हाल करिब तीन कट्ठा जग्गामा उत्पादन गर्दै आएको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit