Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मुस्ताङ पुग्ने विदेशी पर्यटकको सङ्ख्या १०.६१ प्रतिशतले वृद्धि

मुस्ताङ पुग्ने विदेशी पर्यटकको सङ्ख्या १०.६१ प्रतिशतले वृद्धि
विज्ञापन
Advertisement

मुस्ताङ। मुस्ताङमा सन् २०२४ को तुलनामा सन् २०२५ को ११ महिना अर्थात नोभेम्बरसम्ममा १०.६१ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यहाँ सन् २०२४ को तुलनामा सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म चौध हजार ४११ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले उल्लेख गरेको छ ।

सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्मको १२ महिना अवधिमा सार्क तथा अन्य मुलुकका गरी कूल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। त्यस वर्ष सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ जना र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।

यसवर्ष अर्थात सन् २०२५ को डिसेम्बर महिना बाँकी रहँदा यहाँ एक लाख ५० हजार १३० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार यसवर्षको एघार महिना अवधिमा एक लाख २३ हजार २५३ जना सार्क र २६ हजार ८७७ जना अन्य मुलुकका विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

अगस्ट र सेम्टेम्बरमा युवाको जेनजी आन्दोलनको प्रभाव र प्रतिकूल मौसमका कारण विदेशी पर्यटकको सङ्ख्या घट्न पुगेको एक्याप प्रमुख गुप्ताले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit