Advertisement
Advertisement
Corporate Samachar
२१ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

एक महिनादेखि अलैँचीको मूल्यमा तीव्र उतार–चढाव, १७ हजारसम्म घट्यो मूल्य

एक महिनादेखि अलैँचीको मूल्यमा तीव्र उतार–चढाव, १७ हजारसम्म घट्यो मूल्य
विज्ञापन
Advertisement

फुङ्लिङ (ताप्लेजुङ) । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ। मङ्सिरदेखि अलैँचीको मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ ।

विज्ञापन
Advertisement
Advertisement

गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ। बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिए ।

असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजार रुपैयाँ मूल्य स्थिर रहेको थियो । एक महिनामै १५ देखि १७ हजार रुपैयाँले वृद्धि भएको थियो भने नयाँ उत्पादन सुरु भएको ८० हजार प्रतिमनबाट एक लाख दुई हजार रुपैयाँसम्म मूल्य पुगेको थियो । तर, उच्च मूल्य नटिकी फेरि तीव्र गतिमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारको माग र मूल्यअनुसार अलैँचीको भाउ निर्धारण हुने भएकाले उतारचढाव भएको व्यापारीहरु बताउँछन् ।

कोशी प्रदेशमा हाल सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा काँकरभिट्टा नाकाबाट मात्र सात अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा अलैँची निर्यात ३३ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ। साउन, भदौ र असोज महिनामा काँकरभिट्टा नाकाबाट मात्र एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिकटन अलैँची भारत निर्यात भएको कार्यालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit