Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उपमहासचिव रिमालको दाबी : अबको अध्यक्ष केपी ओली नै हो

उपमहासचिव रिमालको दाबी : अबको अध्यक्ष केपी ओली नै हो
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले ११ औँ महाधिवेशनबाट पनि हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीनै अध्यक्ष चुनिएर आउने दाबी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले अबको महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष बन्ने दाबी गर्दै स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताए । ओलीको नेतृत्वमा नभई काम गर्ने तरिकामा असन्तुष्टि हुँदै आएकोले अध्यक्षको विपक्षमा उभिनु उचित नहुने तर्क रिमालको थियो ।

रिमालले भने, ‘दुई धारको विषयमा चुनाव लडेपनि धार एउटै हुन्छ । किनकी विचार नै फरक छैन् । पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ,’ रिमालले भने, ‘महाधिवेशनमा केपी ओली नै अध्यक्ष बन्नुहुन्छ । अहिले ओलीको विपक्षमा उभिनुपर्ने कारण म देख्दिन् । विभिन्न नेताले पदमा उठ्न इच्छा व्यक्त गर्नुभएको छ त्यो पाइन्छ । नेता, नेतृत्व र नीतिमा हाम्रो समस्या होइन् । काम गर्ने तरिकामा समस्या हो भन्ने कुरा आउँछ त्यो त उचित होइन् ।’

त्यस्तै उनले पार्टीको लोकप्रियता भन्दापनि कम्युनिष्ट पार्टीमा नेतृत्व गर्न सक्छ भन्ने विषय एमालेमा स्थापित गर्न खोजिरहेको जिकिर गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit