Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कांग्रेसमा अब क्षमता र योगदानमा आधारित मुल्यांकन हुन्छ : नेता घिमिरे

कांग्रेसमा अब क्षमता र योगदानमा आधारित मुल्यांकन हुन्छ : नेता घिमिरे
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले महाधिवेशन जसरी पनि गराएरै छाड्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार अभियानका तर्फबाट आयोजित १५ औं महाधिवेशनको तयारी विषयक अन्तरक्रिया कार्यक्रममा उनले हरेक व्यक्तिलाई कामको आधारमा अवसर प्रदान गर्ने बताउँदै पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा आफूहरु प्रवेश गरेको जिकिर गरे । उनले भने, ‘अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने छौं । हरेकलाई कामको आधारमा अवसर प्रदान गर्ने छौं । साथै यहाँ मेरो र तेरो भन्ने र काखा र पाखा हुँदैन् । त्यसैले यसको लागि विधिपूर्वक पार्टी चल्नेछ । र पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा हामी प्रवेश गर्दैछौं ।’

त्यस्तै उनले कांग्रेसको विशेष महाधिवेशन जसरी पनि गराएर छाड्ने दाबी समेत गरे । अर्का नेता जगदीश नरसिंह केसीले तोकिएकै समयमा अधिवेशन गर्दा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरुको सम्मान हुने धारणा राखे । उनले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने नेताहरुले बागमतीलाई नभई कर्णालीलाई आधार बनाएर गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठले महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको औंल्याए । नेता युवराज पाण्डेले क्रियाशील सदस्यता अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै तोकिएको कार्यतालिकभित्रै अधिवेशन सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit