Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

माङमालुङ चिया बगानमा करोडौँ रुपैयाँ आर्थिक अपचलन: शेयर धनीहरुलाई जानकारी नदिई सञ्चालकले बिक्री गरे ८० रोपनी जग्गा

माङमालुङ चिया बगानमा करोडौँ रुपैयाँ आर्थिक अपचलन: शेयर धनीहरुलाई जानकारी नदिई सञ्चालकले बिक्री गरे ८० रोपनी जग्गा
विज्ञापन
Advertisement

काठमाडौं । इलामको माङमालुङ चिया बगानका संचालकले करोडौँ रुपैयाँ हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालत जाने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै माङमालुङ चिया बगान बचाउ अभियानका उपत्यका संयोजक हिमाल राईले अरु शेयर धनीहरुलाई जानकारी नै बगानको ८० रोपनी जग्गा बिक्री गर्नु गैर कानुनी भएको बताए । उनले ‘गिरिबन्धु टि स्टेट’मा जस्तै चिया बगान नै सक्काउने गरी नीतिगत रुपमै माङमालुङमा भ्रष्टाचार भएको आरोप लगाए ।

उनले भने,‘बगानका अध्यक्ष किरण राई, कार्यकारी निर्देशक केदार लामिछाने, सदस्यहरु केन्द्र प्रसाईं , मनिकुमार भण्डारीसमेतले हामी सयौं शेयरधनीको लगानी कुम्ल्याउने षड्यन्त्र गरेका छन् ।’ सञ्चालक केन्द्र प्रसार्इंको योजनामा ‘माई होम माई गार्डेन’ शिर्षकमा सयौं व्यक्तिबाट रकम उठाएर त्यसको कुनै लगतसम्म नराखिएको शेयरधनी आङकाजी शेर्पा र गोम्बा शेर्पाले बताए ।

संस्थापक शेयर धनी बुद्धिबहादुर राई(बीबी राई)ले सञ्चालक समितिले लामो समयदेखि आर्थिक अपारदर्शिता देखाएपछि त्यसको छानबिनका लागि ‘व्यवस्थापकीय सुझाव समिति–२०८० असार २३’ गठन गरेको जानकारी दिए । राईले आफ्नै संयोजकत्वमा जीवराज भट्टराई, कृष्ण राज थापा, अरुण कुमार अधिकारी र छत्र राई गरेर ५ सदस्यीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा सञ्चालक समितिको मिलेमत्तोमा सवा ९ करोड रुपैयाँ बढी आर्थिक अपचलन गरेको निष्कर्ष निकालेको सुनाए । राईले भने, ‘अध्यक्ष किरण राई र कार्यकारी निर्देशक केदार लामिछाने नेतृत्वको सञ्चालक समितिले आव २०७२–७३ देखि आव २०७८–७९ सम्म ९ करोड २१ लाख ६० हजार ३ सय ७५ रुपैयाँ बराबरको आयव्यय अपारदर्शी रुपमा चलाएको देखिएको छ ।’

समितिले २०८० असारमा छानबिन सुरु गरेर ०८० असोज १० गते छानबिन प्रतिवेदन सञ्चालक समितिलाई बुझाएको थियो ।

शेयरधनी नवल खड्काले बारम्बार आफूहरुले सञ्चालक समितिलाई पारदर्शी बन्न आग्रह गर्दा उनीहरुले आफ्नो गलत कार्यलाई सच्याउनुको सट्टा उल्टो आर्थिक अनियमिततालाई बढाउँदै गएको आरोप लगाए । ४ सय ९३ जना शेयर सदस्यहरु रहेको उक्त बगानमा सञ्चालकले ठूलो मात्रामा आर्थिक अनियमितता गरेको तर, आफूहरुको कुरा नसुनी उल्टो धम्की दिने गरेको बताए । खड्काले भने ‘आजको मितिसम्म १५ करोड बढी नीतिगत रुपमै आर्थिक अपचलन गरि भ्रष्टाचार गरिसकेको देखिन्छ । हामीले पटकपटक सच्चिन आग्रह गर्दा पनि हाम्रो भनाईलाई वेवास्ता मात्रै गरेनन, बरु उल्टै धाक र रवाफ देखाउने कार्य भयो ।’

सञ्चालकले शेयरधनिहरुलाई धम्की दिन थालेपछि न्यायालय जान आफूहरु बाध्य भएको खड्काको भनाइ छ । ‘न्यायालयको ढोका ढकढकाउन हामीलाई बाध्य बनाए’ खड्काले भने। शेयरधनी बसन्त कुमार राईले सञ्चालक समिति र व्यवस्थापन पक्षले कम्पनीको आर्थिक कारोबार बैंकिङ प्रणालीबाट नगर्नुदेखि विभिन्न अवैध कार्यले कम्पनीलाई धारासायी बनाउँदै लगेको उनको भनाइ छ। ‘विल र भर्पाई बिना नै लेखा परिक्षण गराउनु, व्यक्तिगत ऋण लेनदेन गर्दा कुनै पनि प्रक्रिया विधि पूरा नगरिनु, जग्गा बिक्री गर्दा पनि विधि मिच्नु, करोडौँ रुपैयाँ मजदुरका ज्यालाका नाममा भुक्तानी दिँदा कुनैपनि भर्पाई नहुनु, एउटै व्यक्तिको नाममा पटकपटक चेक जारी गर्नु, लेखा समितिले दिएको सुझावलाई वेवास्ता गर्नु, कम्पनी सचिवको व्यवस्था नगरिनु, कार्यकारी निदेर्शकको काम कर्तव्य र अधिकारको व्यवस्था नगरिनु, कर्मचारिका नियमावली नहुनु लगायतका कार्यहरुले प्रष्टरुपमा आर्थिक र नीतिगत भ्रष्टाचार गरेको ठहरिन्छ ।’

शेयरधनी हरिविक्रम राईका अनुसार २०५१–५२ सालदेखि माङमालुङ चिया बगानबाट उत्पादित प्राकृतिक अर्थाेडक्स चिया विश्व बजारमा बिक्री हुँदै आएको छ । सञ्चालकहरुबाट भएका आर्थिक अनियमितता, व्यवस्थापकीय कमजोरीका कारण शेयरधनिहरुले लगानी गरेको करोडौँ रुपैयाँ डुब्ने देखिएकाले आफूहरु चिन्चित भएको राईले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit