Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पुससम्म रेमिट्यान्स आप्रवाह १० खर्ब ६२ अर्ब नाघ्यो

पुससम्म रेमिट्यान्स आप्रवाह १० खर्ब ६२ अर्ब नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेर साढे १० खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुससम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार रेमिट्यानस ३९.१ प्रतिशतले बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

उक्त अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह भने ४.२ प्रतिशतले मात्र बढेको थियो ।

२०८२ साल पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा देशमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा मापन गरिएको विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २.७ प्रतिशतले मात्र वृद्धि भएको थियो ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६२ हजार ६२८ रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit