काठमाडाैं । लायन्स क्लब अफ अटो सोसियल फ्रेण्डस, महिला जागरण मञ्च र अटो नेपाल पत्रिकाको संयुक्त आयोजनामा मैतीदेवी मन्दिर परिसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्। सबैको सक्रिय सहभागिताले कार्यक्रम निकै सफल भएको क्लबकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताइन्।
महिला जागरण मञ्च विगत १७ वर्षदेखि प्रत्येक ३–३ महिनामा नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ। यसपटक स्थान अभाव र सडकछेऊको साँघुरोपनका कारण ३५ जना रक्तदाताको अनुमान गरिए पनि ७ जनाले स्वास्थ्य कारणले रक्तदान गर्न नसकेको जानकारी मञ्चकी अध्यक्ष राधाकुमारी श्रेष्ठले दिइन्।
कार्यक्रममा सुन्दरीजल निवासी लायन्स लिडर विष्णुबहादुर श्रेष्ठले आमाको जन्मदिनको अवसर पारेर ९९औँ पटक रक्तदान गरे। सो अवसरमा एकै परिवारका तीन सदस्य क्लबकी कोषाध्यक्ष लायन क्रिष्टिना ताम्राकार, उनकी बहिनी एलिशा ताम्राकार र छोरी कृषा शाक्यले पनि रक्तदान गरेका थिए।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५जे नेपालअन्तर्गत रहेको क्लबको कार्यक्रमलाई वरिष्ठ लायन्स लिडर तथा अन्य सदस्यहरूको उपस्थिति रहेको जानकारी डिष्ट्रिक्ट कर्पोरेट कम्युनिकेशन चिफ लायन्स लिडर रोशनकुमार श्रेष्ठले गराए।

















प्रतिक्रिया दिनुहोस्