Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिएनआई र सामाजिक सुरक्षा कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी

सिएनआई र सामाजिक सुरक्षा कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच श्रमिकको सामाजिक सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। सोमबार परिसंघ सचिवालयमा सिएनआई र एसएसएफले संयुक्त रूपमा आयोजना गरेको सामाजिक सुरक्षाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम का क्रममा उक्त सहमति भएको हो।

विज्ञापन
Advertisement
Advertisement

यस सहकार्यअन्तर्गत सिएनआईले आफ्ना सदस्य उद्योगहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन सहयोग गर्ने, देशभर सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा श्रमिकका दीर्घकालीन हित सुनिश्चित गर्न आवश्यक जानकारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

समझदारी पत्रमा सिएनआई तर्फबाट महानिर्देशक डा। घनश्याम ओझा र सामाजिक सुरक्षा कोष तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे।

कार्यक्रममा सिएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग र श्रमिक दुवैका हितका लागि यो साझेदारी महत्वपूर्ण हुने बताए। ‘उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सिएनआई निरन्तर सहयोग गर्नेछ,’ उनले भने, ‘यसले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्नेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोषलाई श्रमिकको जीवन सहज र सुरक्षित बनाउने महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै, समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सहभागिता बढाउने विश्वास व्यक्त गरे।

सिएनआईका उपाध्यक्ष भीम घिमिरेले सामाजिक सुरक्षा कोष मानव पुँजी विकासको मुख्य आधार भएकाले यस्ता कार्यक्रम प्रदेशस्तरमा समेत विस्तार गरिने जानकारी दिए।

कार्यकारी निर्देशक अधिकारीले सहकार्यले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै श्रमिकका सुविधाहरू विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका पूर्व संचालक समिति सदस्य तथा सिएनआई रोजगारदाता परिषदका सभापति धुव्र रिजाल, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष तथा कोषका संचालक समिति सदस्य जगत बहादुर सिंहडा, विभिन्न महासंघका पदाधिकारी, कोषका प्रतिनिधि, उद्योगी तथा व्यवसायीको सहभागिता थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit