Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, शनिबार सुदूरपश्चिमसँग भिड्ने

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, शनिबार सुदूरपश्चिमसँग भिड्ने
sf7df8f}F, @% dªl;/M ब्याटिङ गर्दै लुम्बिनी लायन्सका खेलाडी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग -एनपिएल_ क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा laxLaf/ लुम्बिनी लायन्स र विराटनगर किङU;बीच भएको खेलमा ब्याटिङ गर्दै लुम्बिनी लायन्सका खेलाडी । तस्बिरM किरणराज विष्ट÷रासस
विज्ञापन
Advertisement

काठमाडाैं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

विराटनगर किङससामु जितका लागि एक सय ३५ रनको लक्ष्य दिएको विराटनगरले ८५ रनमै सबै विकेट गुमाउन पुग्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो । लुम्बिनिका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ४१ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४५ रनको योगदान दिएका हुन् ।

त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन बनाए । रुबेल ट्रम्पलम्यानले अविजित ११ रन जोडे ।

बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशित जिसिले समान तीन÷तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

यसअघि विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै लुम्बिनीले एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो । लिग चरणमा भने लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो ।

यसअघि भएको पहिलो क्वालिफायरमा सुदुरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ । सुदुरपश्चिम पहिलो संस्करणको उपविजेतासमेत हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit